काठमाडौं, १६ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले महात्मा गान्धीको १५० औँ जन्मजयन्तीका अवसरमा उनीप्रति भावपूर्ण श्रद्धान्जली व्यक्त गरेका छन् ।
मंगलबार सामाजिक सञ्जालमा ट्वीट गर्दै ओलीले गान्धीको अहिंसा र सत्याग्रहको बाटो अहिले पनि उत्तिकै सान्दर्भिक मानिएको उल्लेख गरेका छन् ।
प्रधानमन्त्री ओलीले गान्धीकै अहिंसा र सत्याग्रहको बाटोबाट विश्वका धेरै मुलुकले मुक्ति र लोकतन्त्र हासिल गरेको स्मरण पनि गरेका छन् ।
‘गान्धी जी, आज, तपाईको १५० औँ जयन्ती मनाईंदै छ । आज पनि उत्तिकै सान्दर्भिक मानिएको तपाईको अहिंसा र सत्याग्रहको बाटोबाटविश्वका धेरै मुलुकले मुक्ति र लोकतन्त्र हासिल गरेको स्मरण गर्दै नेपाली जनता, सरकार आफ्नो तर्फबाट समेत भावपूर्ण श्रद्धान्जली व्यक्त गर्दछु,’ प्रधानमन्त्री ओलीले भनेका छन् ।