गिरीको कस्तो यो मन–२ बजारमा (भीडियो)

42930697_273595450148568_3393422822704414720_n
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १६ असोज । थोरै गीत गाएर पनि स्थापित गायक सुनिल गिरीको यो मन एल्बममा रहेको नयाँ गीत परदेशी (कस्तो यो मन भाग २) सार्वजनिक भएको छ ।

गोपाल रसाइलीको संगीत संयोजन रहेको गीतमा शब्द/संगीत/स्वर गायक सुनिल गिरीकै रहेको छ । श्रेया शर्मा र गायक स्वयमले अभिनय गरेको उक्त गीतलाई दार्जिलिङ्, सिक्किम, घान्द्रुक र जोमसोम लगायतका रमणीय ठाउँमा छायाङ्कन गरिएको छ ।

गीतलाई पवन सिम्खडाले खिचेका हुन ।सीलन लम्सालले सम्पादन गरेको गीतको म्युजिक भिडियोमा अनिल के मानन्धरले निर्देशन रहेको छ ।

को होला त्यो, देउराली भन्ज्याङ्, कस्तो यो मन भाग १ लगायतका गीतहरुबाटै दर्शकहरुको मन जित्न सफल गायक गिरीले यो गीतबाट अझै धेरै दर्शकको माया पाउने आशा राखेका छन् ।

बजारमा जस्तो पनि गीतले वाहीबाही बटुलिरहेको समयमा मौलिकता हराउँदै गएको गायक गिरीको मान्यता छ । भन्छन्, बजारमा एकैखाले गीतको मात्र हल्ला छ । शब्द, संगीत र गायनको भाव बुझ्ने दर्शक श्रोता घटेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्