मानव चिहान बन्दै फेसबुक, दैनिक ८ हजार प्रयोगकर्ताको मृत्यु

facebook-arrows-lede_lc84z2
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १७ असोज । सोसल मीडिया साइटहरु चिहान बन्दै गैरहेका छन् । एक रिपोर्टअनुसार आगामी ४० वर्षभित्रमा जीवितभन्दा मृतक फेसबुक प्रयोगकर्ताको संख्या दोब्बर हुनेछ ।

एक तथ्याङ्कअनुसार फेसबुकमा ३ करोड अकाउण्ट यस्ता मानिसका छन्, जसको मृत्यु भइसकेको छ । हरेक दिन ८ हजार फेसबुक प्रयोगकर्ताको मृत्यु हुने गरेको तथ्याङ्कले देखाएको छ ।

पछिल्लो समय फेसबुककै कारण आत्महत्याका घटनाहरु पनि बढी रहेका छन् । साइबर क्राइम पनि बढी रहेको छ । फेसबुककै कारण सम्बन्ध विच्छेदका घटनाहरु बढी रहेको एक तथ्याङ्कले देखाएको छ ।

अझ रोचक त के भने सन् २०६० सम्ममा फेसबुक प्रयोग गरिरहेका जीवित मानिसहरुको तुलनामा मृत्यु भइसकेका फेसबुक प्रयोगकर्ताको संख्या दोब्बर हुनेछ ।

Facebook crazy

अवस्था यस्तो हुँदा पनि मृतकको फेसबुक अकाउण्ट किन डिलिट गरिँदैन त ?

हामीले देखेकै कुरा हो कुनै मृतकको फेसबुकको टाइम लाइनमा मृतकका शुभचिन्तक, साथीभाइ आदिले यस्ता शब्दहरु लेखेका हुन्छन्, मानौं त्यो व्यक्तिले तत्कालै रिप्लाई देओस् । मरेको मानिसको टाइम लाइनमा जन्मदिन तथा कुनै विशेष दिनको शुभकामना मात्र होइन, फ्रेण्ड रिक्वेस्ट समेत पठाउँछन् ।

मरेका मानिसका सोसल मीडिया अकाउण्टहरु डिलिट नहुँदा डिजिटल चिहान खडा भइरहेको छ । तर, यसको एउटा सकारात्मक पाटो पनि छ । त्यो के भने मृतकको सम्झना तथा बिरासतलाई जोगाई राख्नका र नयाँ पुस्तालाई त्यस व्यक्तिको इतिहाससँग जोड्नका लागि योभन्दा उत्कृष्ट मञ्च अरु छैन ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्