स्कुलबाट फर्कने क्रममा ७ वर्षीय बालकको अपहरण

Kidnapped
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १७ असोज । काठमाडौंको गोठाटारबाट एक बालक अपहरणमा परेका छन् । अन्दाजी ७/८ वर्षका वालक स्कुलबाट घर फर्किदै गर्दा अपहरणमा परेका हुन् ।

स्थानीय तेज विनायक स्कुलमा अध्ययनरत वालक घर फर्किंदै गर्दा तीन जनाको समूहले गाडीमा राखेर लगेको प्रहरीले जानकारी दिएको छ । खैरो रङको गाडीमा राखेर अपहरणकारीले लगेको बुझिएको छ ।

बालकको खोजीका लागि अपराध महाशाखा अनुसन्धानको टोली परिचालन गरिएको छ । खोजीको लागि एसएसपी धिरज प्रताप सिंह नेतृत्वको टिम खटिएको छ ।

Tags