फाइनल प्रवेशका लागि नेपाल भारतसँग भिड्दै

Women Chanpionship
लाेकपाटी न्यूज
0 Shares

भुटानमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबल अन्तर्गत फाइनल प्रवेशका लागि आज नेपाल भारतसँग प्रतिस्पर्धा गर्दैछ ।
राजधानी थिम्पुस्थित चाङलिमिङ्थान मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा तीन बजे हुनेछ । समूह चरणमा नेपालले पाकिस्तानलाई १२–० को अन्तरले पराजित गरेको थियो ।

बंगलादेशसँग २–१ को पराजय भोग्दै नेपाल समूहको उपविजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । समूह एको विजेता बन्दा भारतले भुटानलाई ४–० ले र माल्दिभ्सलाई ८–० ले हराएको थियो ।

Tags
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्