आन्दोलनमा किन उत्रिए बहिरा नागरिकहरु ? यस्तो छ कारण

Differetable
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं १९, असोज । शुक्रबार माइतीघरमा राष्ट्रिय बहिरा महासङ्को आयोजनामा बहिराहरुले सवारी चालकको अनुमतिपत्र नदिएको भन्दै आन्दोलनमा उत्रिएका छन् ।

सर्वोच्च अदालतले बहिराहरुलाई चालक अनुमतिपत्र दिन निर्देशन दिएपनि सरकारका तर्फबाट आलटाल भएको भन्दै उनीहरुले खबरदारी गरेका हुन् ।

‘म बहिरा, मैले सवारी साधन चलाउन नपाउने’, ‘सवारी साधनको कर लिने, लाइसेन्स नदिने’, ‘बहिराहरुलाई सवारी चालकको अनुमतिपत्रको व्यवस्था गर’ लगायतका प्लेकार्ड सहित उत्रिएका उनीहरुले तत्काल सवारी चालक अनुमति पत्रको व्यवस्था गर्न माग समेत गरेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्