काङ्ग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज

Nepal Congress
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २१ असोज । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।पार्टीको संशोधित विधान, नेपाल विद्यार्थी संघको विधानलगायत विषयमा छलफल गर्न कांग्रेसले केन्द्रीय कार्य समिति बैठक बोलाएको हो ।

यसअघि गत असोज १९ गतेका लागि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बोलाइए पनि तयारी नपुगेको भन्दै स्थगित भएको थियो ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले मूल पार्टीको विधानसँगै नेविसंघको विधान र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज दिउँसो २ बजे बैठक बस्न लागेको जानकारी दिए ।

नेविसंघको विधान टुंगो नलाग्दा कात्तिकमा गर्ने भनिएको १२ औं महाधिवेशन नै अन्योलमा परेको छ । मूल पार्टी रनेविसंघको विधानसँगै समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्