कसरी भयो त्रिभूवन विश्वविद्यालयको उत्तर पुस्तिका गायव ?

Tribhuwan Univercity
लाेकपाटी न्यूज
0 Shares

सिन्धुली, २१ असोज । त्रिभूवन विश्व विद्यालयको गम्भीर लापर्वाहीका कारण सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थीहरुको उत्तर पस्तिका नै गायब भएपछि विद्यार्थीहरु अन्योलमा परेका छन् ।

नतिजा सार्वजनिक गर्ने बेलामा त्रिविविले ६९ जना विद्यार्थीको उत्तर पुस्तिका नै गायब भएको भन्दै फेरि परीक्षा गर्नुपर्ने भनिएपछि उनीहरु अन्योलमा परेका हुन् । २०७४ सालमा भएको बिबीएस तेस्रो वर्षको लागि नेपालको कर प्रणलीको विषयका सबै उत्तर पस्तिका गायब भएको त्रिविविले जनाएको हो ।

तर कसरी गायब भए भन्ने बारे त्रिविविले आधिकारिक धारणा सार्वजनिक गरेका छैन । उत्तर पुस्तिका गायब भएको वा नष्ट भएको भन्ने बारेमा पनि खुलाइएको छैन । परिक्षाको नतिजा प्रकाशन गर्ने समयमा ६९ जनाकै उक्त विषयको उत्तर पुस्तिका हराएको त्रिविविले क्याम्पसलाई जानकारी गराएको हो ।

क्याम्पस प्रमुख दुर्गा अधिकारीले भने यसबारे बिस्तृत जानकारी लिन त्रिविवि काठमाडौं नै गएका छन् । उनले भने, ‘त्रिविविले सिन्धुली बहुमुखी क्याम्पसबाट बिबिएस तेस्रो वर्षका लागि नेपालको कर प्रणालीको विषयको परिक्षामा सामेल सबै विद्यार्थीको उत्तर पुस्तिका नभेटिएकोले पुनःपरीक्षा गराउनु पर्ने जानकारी मात्र गराएको छ ।’

आफ्नो गम्भीर लापर्वाहीलाई लुकाउन पुनः परीक्षा गराएर नतिजा सार्वजनिक गर्ने समयमा त्रिविविको कमजोरीबारे थाहा पाएका विद्यार्थीले भने सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका छन् । परिक्षाको नतिजा सार्वजनिक गर्ने बेलामा पुनः परीक्षा गराउनु विद्यार्थीको भविष्यमाथि खेलवाड गरिएको भन्दै विद्यार्थीले टिप्पणी गरेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्