काभ्रे, २१ असोज । काभ्रेमा दुई बालिकालाई बलात्कार गरेको अभियोगमा एक शिक्षक पक्राउ परेका छन् । कक्षा ५ मा अध्ययनरत ९ वर्षीया दुईजना छात्रालाई एकवर्षदेखि सामाजिक तथा नैतिक शिक्षा पढाउने शिक्षक नै बलात्कारको आरोपमा पक्राउ परेका हुन् । पक्राउ पर्नेमा शिक्षक शंकर पहरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।
पीडितको जाहेरीका आधारमा शिक्षक पहरीलाई पक्राउ गरी अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।
जाहेरीमा शिक्षक पहरीले केही महिनादेखि खाजा खाने समय, घर जाने समयमा उनीहरुलाई पटकपटक बलात्कार गर्ने गरेको आरोप लगाइएको छ ।
शिक्षकले बालिकाहरुलाई कहिले चक्लेट किन्दिन्छु भन्ने, कहिले अरुलाई भनिस् भने कुट्छु, भन्दै धम्की देखाउने गरेको आरोप आफन्तको छ ।