नेपालको शानदार जित

Nepal Versus Thailand
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, असोज २१ । आईसिसी विश्व टी–ट्वान्टी एसिया छनोटको समूह ‘बी’ अन्तर्गतको तेस्रो खेलमा नेपालले थाइल्याण्डलाई एक सय ४० रनले पराजित गरेको छ ।

टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको थाइल्याण्डले ८ दशमलव पाँच ओभरमा ९ विकेट गुमाउँदा वर्षाका कारण खेल प्रभावित भयो । पानी नरोकिएपछि डक वर्थ लुइस नियमअनुसार, नेपाल एक सय ४० रनले विजयी भएको हो ।

नेपालका सन्दिप लामिछानेले सर्वाधिक पाँच विकेट लिए । करन केसीले तीन विकेट लिन सफल भए भने ललित राजवंशीले एक विकेट लिए ।
नेपालले सबै ओभर खेल्दै ७ विकेटको क्षतिमा एक सय ७२ रन बनाएको थियो। नेपालका लागि १४ बल मात्र खेलेका करण केसीले ४ छक्का र २ चौका प्रहार गर्दै सर्वाधिक नटआउट ४० रन बनाए ।

मलेसियामा जारी आईसिसी विश्व टी–ट्वान्टी क्रिकेट एसिया छनोट अन्तर्गत नेपालको यो तेस्रो जित हो । नेपालले पहिलो खेलमा म्यानमारलाई ८ विकेट र दोस्रो खेलमा मलेसियालाई ८ विकेटले पराजित गरेको थियो ।

यस सँगै नेपाल तीन खेलमा ६ अंक जोड्दै नेट रन रेटको आधारमा समुह बी को शिर्ष स्थानमा उक्लिएको छ ।

Tags
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्