यतिको जहाजमा स्याल ठोक्कियो

Yeti Airlines
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २२ असोज । नेपालगन्ज विमानस्थलमा यति एयरलाइन्सको विमानमा स्याल ठोक्किएको छ । विमानको बायाँ भागमा स्याल ठोक्किँदा सामान्य क्षति पुगेको छ ।

काठमाडौंबाट नेपालगन्जको लागि उडेको यति एयरको ‘नाइन एन एएमएम’ कल साइनको विमान अवतरणको क्रममा आइतबार राति करिब ८ बजे स्याल ठोक्किएको हो। विमानमा सामान्य क्षति पुगे पनि सवार यात्रुहरु सकुशल रहेको नेपालगन्ज विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिए ।

आइतबार साँझ अवतरण गर्ने क्रममा धावन मार्गमा स्याल ठोकिएको हो ।