विना निष्कर्ष सकियो नेकपाको सचिवालय बैठक

Nekapa Team
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २२ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक विना निष्कर्ष सकिएको छ । पार्टी भित्रको विवाद तथा एकता प्रक्रिया टुंगो लगाउन बसेको बैठक नेताहरुको विदेश भ्रमणलगायतका सामान्य विषयमा छलफल गरी बुधबार बिहान ८ बजे बस्ने गरी सकिएको हो ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले अमेरिका तथा कोस्टारिका र पुष्पकमल दाहाल प्रचण्डले चीन भ्रमणका विषयमा जानकारी गराएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

अघिल्लो सचिवालय बैठकपछि पार्टी नेतृत्वमा देखिएको असन्तुष्टिका विषयमा आज छलफल नभएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

उनले भने, ‘यही २४ गते बिहान ८ बजे अर्को सचिवालय बैठक बस्ने निर्णय र्गयो । विवाद भनिएका विषयमा त्यही बैठकमा छलफल हुनेछन्’ २४ गतेको बैठकले स्थायी समितिको बैठक र कार्यसूची निर्धारण गर्ने निर्णय पनि आजको बैठकले गरेको छ ।

Tags