विद्यार्थीलाई कक्षा कोठामा होइन खेतबारीमा लगेर पढाउनु पर्छ : प्रधानमन्त्री ओली

Kp_Oli_
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २२ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्ष जनशक्ति उत्पादनको लागि विद्यार्थीलाई खेतबारीमा लगेर पढाउनु पर्ने बताएका छन् ।

कक्षा कोठाको पढाईले मात्र दक्ष जनशक्ति उत्पादन नभएको भन्दै प्रधानमन्त्रीले अब विद्यार्थीलाई गाउँघरका खेतमा लगेर शिक्षा दिनुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले भने, “अब कक्षा कोठाको पाढइले मात्र पुग्दैन ।विद्यार्थीलाई घर गाउँमा,खेतमा नै लगेर शिक्षा दिनु पर्दछ ।”

पूर्वाञ्चल विश्वविद्यालयको २९ औं साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विद्यालयमा दिइने औपचारिक शिक्षाले मात्र देशको आवश्यकता पूरा नगर्ने भएकाले प्रयोगात्मक र व्यवहारिक शिक्षा दिनुपर्ने बताए ।

सम्बोधनको क्रममा ओलीले विज्ञान र प्रविधि उपयोग गरी अबको शिक्षा प्रणाली विकास गर्नुपर्ने बताए ।प्रधानमन्त्री ओलीले शिक्षालाई विज्ञान र प्रविधिलाई समेत उपयोग गरेर अघि बढाउनु पर्ने बताए ।

विश्वविद्यालयहरुमा आपसी समन्वय नहुँदा कतिपय ठाँउमा आवश्यकता भन्दा बढी कलेजहरुले सम्बन्धन पाएको बताउँदै प्रधानमन्त्री ओलीले देशको आवश्यकताअनुसार शिक्षण संस्थाहरु खोल्नु पर्ने बताएका छन् ।

साधारणसभाले आव २०७५ र २०७६ का लागि प्रस्तावित आयव्यय विवरण, आव २०७१ र २०७२ र आव २०७२ र २०७३ को लेखा परीक्षण प्रतिवेदन पास गरेको छ । यसैगरी आव २०७३ र २०७४ र २०७४ र २०७५ को लेखा परीक्षक नियुक्त गर्न विश्वविद्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्