नेपालको शानदार जित

Nepal-Cricket-Team-
लाेकपाटी न्यूज
0 Shares

मलेसिया, २२ असोज । मलेसियामा जारी आइसिसी विश्व टी (२० क्रिकेटअन्तर्गत एसिया छनोट समूह ‘बी’ को चौथो खेलमा पनि नेपाल विजयी भएको छ । भुटानलाई हराउँदै नेपाल चौंथो खेलमा ११७ रनले विजयी भएको हो ।

टस हारेर ब्याटिङको मौका पाएको नेपालले चार विकेटको क्षतीमा १५० रन बनाउ सक्यो । १५१ रनको विजयी लक्ष्य पछ्याएको भेटान ३३ रन मात्र बनाउँदै अलाआउट भयो । भुटानका लागि तेन्जिन वाङचुकले ११ रन बनाउनु बाहेक अन्यको सम्झनलायक प्रदर्शन रहेन ।

बलिङमा नेपालका सन्दीप र ललित नारायण राजवंशीले समान तीनतीन विकेट, बसन्त रेग्मीले २, दिपेन्द्र ऐरी र शरद भेषवाकरले समान एकएक विकेट लिन सफल भए । आज नेपालका लागि प्रदीप ऐरीले अर्धसतकीय पारी खेले । ६८ बल खेलेका ऐरीले २ छक्का र ६ चौकासहित ७५ रनमा नटआउट रहे ।
अनिल शाहले २७ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले १५ तथा आरिफ शेखले १३ रन जोडे । करण केसीले ५ बलमा ११ रन जोडे ।

यसअघि नेपालले म्यान्मार, आयोजक मलेसिया र थाइल्याण्डलाई पराजित गरिसकेको छ । असोज २६ गतेसम्म मलेसियामा हुने प्रतियोगितामा नेपालसहित सिङ्गापुर, मलेसिया, भूटान, चीन, म्यान्मार र थाइल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । राउण्ड रोबिनका आधारमा हुने प्रतिस्पर्धाबाट शीर्ष तीन टोली दोस्रो चरणको छनोटमा छानिनेछन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्