हनुमानघाटमा सोह्र श्राद्ध गर्नेको घुइँचो

Sorha Sharddha Hanumanghat
लाेकपाटी न्यूज
0 Shares

भक्तपुर, २३ असोज । भक्तपुरको पवित्र तीर्थस्थल हनुमानघाटमा मंगलबार सोह्र श्राद्ध गर्नेको घुइँचो लागेको छ । आश्विन कृष्णपक्ष सुरु भएसँगै १६ दिनसम्म गरिने श्राद्धको अन्तिम दिन पितृपक्षको अवसरमा दिवंगत भएका आफन्तलाई पिण्डदान गर्नेहरुको घुइँचो लागेको हो ।

हनुमानघाटमा मृतक नाममा पिण्डदान गरे दिवंगत आत्मा सन्तुष्ट हुनुका साथै मोक्ष प्राप्ति गर्ने धार्मिक विश्वासले पुरोहित हरिगोविन्द राजोपाध्ययले बताए ।

उनले भने, ‘हनुमानघाट विरा, भद्रा र तमोसाको त्रिवेणीघाट भएकाले यहाँ पिण्डदान गरेमा आफ्नो पुस्ताको दिवंगतले मात्र नभएर दूरदराजका आफन्त र छरछिमेकका दिवंगत आत्मालाई समेत मोक्ष हुन्छ ।’

हनुमानघाटमा स्नान गर्नाले पाप नष्ट भई पूण्य प्राप्ति हुने विश्वास रहेको छ । भगवान हनुमानले स्नान गरेको कारण यस घाटको नाम हनुमानघाट रहन गएको ग्रन्थहरुमा उल्लेख छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्