निर्मलाको न्यायका लागि गरिएको आन्दोलन स्थगित

Justice for Nirmala Panta
लाेकपाटी न्यूज
0 Shares

कञ्चनपुर, २३ असोज । बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तलाई न्याय दिन गरिएको आन्दोलन स्थगित भएको छ । महिला अधिकारकर्मी मिना भण्डारीको नेतृत्वमा भएको आन्दोलन स्थगित भएको हो ।

उच्च स्तरीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग राख्दै असोज १३ गतेदेखि सुरु भएको आन्दोलन आज नागरिक संघर्ष समितिका संयोजक मिना भण्डारीले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत गृहमन्त्री राम बहादुर थापा (बादल) लाई ज्ञापन पत्र पठाएर आन्दोलन स्थगित भएको घोषणा गरेकी हुन् । संयोजक भण्डारीले दसैं आएकाले कार्तिक ७ गतेसम्मलाई आन्दोलन स्थगित गरेको बताइन् ।

यस्तै, महेन्द्रनगरकै अर्की अगुवा हेलन श्रेष्ठ नेतृत्वको दवावमूलक संघर्ष समितिले पनि २१ असोजदेखि ७ कार्तिकसम्मलाई आन्दोलन फिर्ता लिएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्