हाछेथुको जस्तो काम गर्न सबै प्रहरीलाई आइजी खनालको निर्देशन

Sarbendra khanal
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २४ असोज । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ललितपुर ट्राफिक प्रहरीका प्रमुख प्रहरी निरीक्षक सिताराम हाछेथुको प्रशंशा गरेका छन् ।

ललितपुर ट्राफिक प्रहरीको नयाँ भवन उद्घाटन गर्दै महानिरीक्षकले अरु सबै प्रहरी अधिकृतहरुलाई पनि हाछेथुले जस्तै काम गर्न निर्देशन दिएका छन् ।

अहिले प्रहरी संगठनमा निलम्बन र कारबाही चलिरहेको बेला हाछेथुले प्रशंशनीय काम गरेको बताए। ललितपुरमा हाछेथुको सक्रियतामा २ करोड १६ लाखको लगानीमा नयाँ ट्राफिक प्रहरी कार्यालय बनेको हो। १ सय ९८ जना नागरिकको सहयोगमा उक्त भवन निर्माण भएको हो भने यसको पहल हाछेथुले गरेका थिए ।

साथै आइजी खनालले प्रहरीमा व्यक्तिले गरेको गल्तीलाई लिएर संगठनकै बेइजत हुने गरेर नबोल्न समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्