मालपोत खाली भए पदपूर्ति गरिन्छ : मन्त्री अर्याल

Padma Aryal
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २३ असोज । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले भ्रष्ट कर्मचारीलाई कार्वाही गर्दा मालपोत र नापी खाली भए नयाँ पदपूर्ति गर्ने बताएकी छिन् ।

केही दिनअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेले भ्रष्ट कर्मचारीलाई कार्वाही गरे नापी र मालपोत कार्यालय खाली हुने अभिव्यक्ति दिएपछि त्यसको जवाफमा मन्त्री अर्यालले दुई महिनाभित्रै नयाँ पदपूर्ति गर्न सकिने बताएकी हुन् ।

‘संवैधानिक निकायले मालपोत र नापी कार्यालमा छानबिन गरेमा ती कार्यालय जनशक्ति (कर्मचारी) विहिन हुने अभिव्यक्ति आउनु संवदेनशील हो, यदि खाली भएमा दुई महिनाभित्र नयाँ भर्ना खोलेर दक्ष जनशक्ति ल्याउने सामथ्र्य मन्त्रालयसँग छ’ मंगलबार ललितपुरस्थित भूमिसुधार तथा मालपोत कार्यालयमा सरलीकृत फारामको शुभारम्भ गर्दै उनले भनिन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्