प्रधानमन्त्री अाेलीलाई किरण बिष्टकाे खुल्ला पत्र

Kiran Bishta
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २५ असोज । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको प्रकरणमा दोषी भनिएका किरण विष्टले प्रधानमन्त्रीलाई खुला चिठी लेखेका छन् ।
उक्त घटनामा आफू निर्दोष रहेको र विभिन्न सञ्चारमाध्यममा समाचार आएपछि आफ्नो चरित्र हत्या भएको उनले प्रधानमन्त्रीलाई लेखेको खुलापत्रमा उल्लेख छ । किरण कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टका छोरा हुन् ।

निर्मला प्रकरणपछि विष्ट हाल निलम्बनमा छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत बुधबार सार्वजनिक भएको किरणको प्रधानमन्त्रीलाई खुला चिठीमा विभिन्न माग राखेर सुनुवाइका लागि अनुरोध गरेका छन् ।

उनले आफ्नो र आफ्नो परिवारका सदस्यको बारेमा आएका समाचारले मानसिक, सामाजिक र वृत्ति विकास र पारिवारिक अवस्थामा गम्भीर प्रभाव परेको उल्लेख गरेका छन् ।
किरणले आफूले निर्मला बलात्कार र हत्यामा अनुसन्धानलाई सक्दो सहयोग गरेको पनि उल्लेख गरेका छन् । उनको र उनका बुबाको डिएनए जाँच पनि भएको थियो । किरणले सरकारले गठन गरेको उच्च स्तरीय छानबिन समिति र मानवअधिकार आयोगले निकालेको प्रतिवेदनको पनि आलोचना गरेका छन् ।

उनले आफूलाई सोध्दै नसोधी यी दुई समितिले आफूलाई दोषी देखाएकोमा असन्तुष्टी व्यक्त गरेका छन् । उनले डीएनए जाँच भएको र त्यसमा नकरात्मक परिणाम आउदा पनि विभिन्न क्षेत्रबाट आफूलाई उक्त घटनामा जोडेर बदनाम गर्ने गरिएको भन्दै असन्तुष्टी जनाएका छन् । उनले आफ्नो परिवार र आफूले अनुसन्धानमा सक्दो सहयोग गरेको र आगामी दिनमा पनि गर्ने प्रतिवद्धता जनाएका छन् । उनले निर्मलालाई बैनी भनेर सम्बोधन गरेका छन् ।

पढ्नुहोस्, किरणले लेखेको चिठीको पूर्णपाठः

Letter

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्