‘एसिया गेम चेन्जर अफ द इयर २०१८’ अवार्डबाट मीरा राई सम्मानित

Mira Rai
लाेकपाटी न्यूज
4 Shares

काठमाडौं, २५ असोज । अल्ट्रा धावक मीरा राई एसिया सोसाइटीको ‘एसिया गेम चेन्जर अफ द इयर २०१८’ अवार्डबाट सम्मानित भएकी छिन्  । उनीसहित एसियाका नौं जना व्यक्ति तथा संस्थालाई न्युयोर्कमा अवार्ड प्रदान गरियो  ।

मीरासहित पेप्सीकोका सीईओ इन्द्र नोयी, अफगान युवतीको रोबोटिक्स टिम, अस्ट्रेलियाली चिकित्सक मुन्जिद अल मुदरिस, थाइल्यान्डको थाम लुवाङ गुफाबाट किशोर फुटबलरहरूलाई उद्दार गर्ने टिम, चीनका वाङ सी सम्मानित भए ।

यस्तै युद्धग्रस्त सिरियामा स्वयंसेवा गरिरहेका हाइट हेल्मेट्स र यसका प्रमुख रेड सालेह, ज्यानको बाजी लाएर जापानको न्युक्लियर दुर्घटनाको बेला काम गरेका हिरोज अफ फुकुसिमा, जेरुसेलममा एकता फैलाइरहेका सांगीतिक समूह ‘कुलुलम’ लाई यस वर्षको गेम चेन्जर अफ द इयर अवार्ड प्रदान गरिएको थियो ।

पूर्व छापामार मीरा सन् २०१४ यता साहसिक दौडमा लागेकी छन् । त्यसयता उनले थुप्रै राष्ट्रिय–अन्तर्राष्ट्रिय साहसिक दौडमा सफलता हात पारेकी छन् । घुँडाको शल्यक्रियापछि पुनः दौडमा फर्किएकी उनले गाउँगाउँका बालबालिकालाई साहिसक दौडमा सहभागिता अभियान नै चलाइरहेकी छन् । उनले गत वर्ष नेसनल जियोग्राफीको ‘एड्भेन्चर अफ द इयर २०१६’ को अवार्ड पनि हात पारेकी थिइन् ।

Tags
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्