पपुवा न्यू गिनीमा शक्तिशाली भूकम्प

Papuwanyugini after earthquake
लाेकपाटी न्यूज
0 Shares

पपुवा न्यूगिनी, असोज २५ । पपुवा न्यू गिनीमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।

सो भूकम्पपछि बिहीबार बिहान ९ बजे ६.२ म्याग्निच्युडको अर्को शक्तिशाली पराकम्प पनि गएको बताइएको छ । पहिलो शक्तिशाली भूकम्प र पछिल्लो परकम्पपछि उद्धार कार्य थालिएको समाचारमा उल्लेख छ ।

तर मानवीय क्षतिको बारेमा भने कुनै समाचार प्राप्त भएको छैन । यस भूकम्पको जानकारी चिनियाँ भूकम्प केन्द्रले दिएको छ ।

पपुवा न्यूगिनीको पूर्वतर्फ रहको न्यु ब्रिटेन द्वीपनजिकैे ८० किलोमिटर गहिराइमा सो भूकम्पको केन्द्रबिन्दु रहेको जनाइएको छ ।

प्रशान्त महासागरीय सुनामी चेतावनी केन्द्रले सुनामीको चेतावनी दिएको भएपनि केही समयपछि सुनामीको खतरा नरहेको बताइएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्