सुनकोशी नदीमा बस दुर्घटना

लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २६ असोज । सुनकोशी नदीमा बस खस्दा एकजनाको ज्यान गएको छ भने ७ जना घाइते भएका छन् । घाइते मध्ये चारजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

सिन्धुलीको मरिणबाट काठमाडौँतर्फ आउँदै गरेको ना ६ ख ९१२ नम्बरको बस मुलकोट नजिकै सुनकोशीमा खसेको सिन्धुलीका प्रहरी प्रमुख एसपी रामेश्वर यादवले जानकारी दिए ।

उनले ८ जना चढेको बस झण्डै ६ सय मिटर तल नदीमा खसेको जानकारी दिए ।

घाइतेहरुलाई उद्दार गरेर उपचारका लागि स्थानीय अस्पतालमा लगिएको एसपी यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्