महाकुम्भमा झलनाथले भने, ‘स्वदेशी उत्पादनलाई माया गरौं’

Jhala-Nath-Khanal-
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २७ असोज । पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता झलनाथ खनालले काठमाडौं भृकुटिमण्डपमा सञ्चालित दशैं जुत्ता चप्पल महाकुम्भ मेलाको अवलोकन गरेका छन् । दशैं, तिहार एवं छठ पर्वको अवसरमा नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघद्वारा सञ्चालित महाकुम्भको पूर्व प्रधानमन्त्री खनालले निरीक्षण एवम अवलोकन गरेका हुन् ।

अशोज २ गतेदेखि सञ्चालित सो मेला ३१ गतेसम्म लाग्ने आयोजकले जनाएको छ । मेलामा दशैंलाई लक्षित गरी उच्च ब्राण्ड र गुणस्तरका जुत्ता चप्पल सर्वसलम मूल्यमा बिक्री गर्न थालिएको छ । खासगरी स्वदेशमै उत्पादित जुत्ता चप्पलमा ग्राहकहरुको आकर्षण बढेको आयोजकले जनाएको छ ।

आयोजकका अनुसार दैनिक तीन हजार जोर जुत्ता चप्पल बिक्री हुने गरेको छ । धेरैजसो पार्टी सुज, अफिसिल सुज, स्पोर्टस सुज, अफिसियल बुट, हाफ बुट, महिला र पुरुष दुवैका लागि बनाइएका डिङ्गोको बिक्री बितरण राम्रो रहेको छ संघले जनाएको छ । मेलामा नेपालमा उत्पादन भएका सबै खालका जुत्ता चप्पल रहेको र तिनको बिक्री पनि सन्तोषजनक रहेको पाइएको छ ।

मेला अवलोकन गर्दै पूर्व प्रधानमन्त्री खनालले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न मेला लाभदायक भएको बताए । उनले दशैंको बेला उपभोक्तालाई सस्तो मूल्यमा गुणस्तरीय जुत्ता चप्पल उपलब्ध गराउनु ब्यापारिक मात्र नभई सेवामुलक काम समेत भएको बताए । खनालले सबैले नेपाली उत्पादनलाई माया गर्नुपर्ने बताए । उनले आफ्ना लागि केही जोर जुत्ता र चप्पल पनि खरिद गरेका थिए ।

मेला व्यवस्थापनका लागि समाज कल्याण परिषदले सहयोग गरेको छ । हरेक दिन बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म मेला खुल्ला रहने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्