कांग्रेस नेता चक्र बास्तोलाको निधन

chakra bastola
लाेकपाटी न्यूज
0 Shares

काठमाडाैं | कांग्रेस नेता चक्र बास्तोलाको शनिबार निधन भएको छ । ६ वर्षदेखि मस्तिष्कघात भई अर्धचेत अवस्थामा रहेका बास्तोलाको शनिबार दिउँसो न्यूरो अस्पताल बाँसबारीमा निधन भएको जानकारी उनकी भान्जी सरिता प्रसाईंले दिइन् । उनको शवलाई अहिले खुमलटारस्थित निवासमा लगिएको छ ।

०६९ साल पुस १४ गते मोरङको विराटनगरमा ‘बन्धु’ भेलालार्इ सम्बोधन गर्दा गर्दै लडेका नेता बास्तोलालार्इ मस्तिष्कघात भएको थियो। बास्तोला ६ वर्षदेखि अर्धचेत अवस्थामा रहेका थिए ।

कुनै समय कांग्रेसको खम्बा मानिने बास्तोलाले वीपी र गिरिजाप्रसादलाई संकटमा सधैँ साथ दिँदै आएका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्