नेता बाँस्तोलाको ‘क्लिनिकल्ली डेथ’

chakra bastola
लाेकपाटी न्यूज
0 Shares

काठमाडौँ — ६ वर्षदेखि अर्धचेत अवस्थामा रहेका नेपाली कांग्रेसका नेता चक्रप्रसाद बाँस्तोलाको ‘क्लिनिकल्ली डेथ’ भएको छ । न्यूरो अस्पतालले नेता बाँस्तोलालाई ‘क्लिनिकल्ली डेथ’ भनेको छ तर खुमलटारस्थित बाँस्तोला निवासले भनेे उनको निधनबारे आधिकारिक जानकारी दिएको छैन ।

नेता बाँस्तोलाका भतिजा तारा बाँस्तोलाले कान्तिपुरलाई भने, ‘शनिबार साढे १ बजे घरबाट न्यूरो अस्पताल लग्यौँ।अस्पतालका डाक्टरले ब्रेन र हर्टले काम गर्न छाडेको,फोक्सोमा पानी जमेको भन्दै ‘नो मोर’ भनेर पठायो।’

२०६९ पुस १४ गते मोरङ विराटचोकको कुलपूजामा भाग लिँदैगर्दा ७४ वर्षीय नेता बाँस्तोलालाई मस्तिष्काघात (ब्रेन ह्यामरेज) भएको थियो। त्यसयता उनी अचेतको अचेत ढलिरहेका थिए। कहिले सिलिगुडी, कहिले मेदान्त अस्पताल गुडगाँव, कहिले न्युरो अस्पताल बाँसबारी र पछिल्लो समय घरैमा उनको उपचार गरिएको थियो।

उनी नेपालको प्रजातान्त्रिक आन्दोलन र कांग्रेस राजनीतिमा एउटा खास नेता थिए। बीपीले आफ्ना सबै राजनीतिक पुस्तकमा उनको नाम पटक–पटक लिएका छन्। चक्रलाई छुटाएर कांग्रेसको क्रान्तिकथा लेखिनै सक्दैन। दरबार हत्याकाण्ड हुँदा गिरिजाप्रसाद क्याबिनेटका परराष्ट्रमन्त्री थिए बाँस्तोला। उनी भारतका लागि नेपाली राजदूतसमेत बनेका थिए।

कान्तिपुरबाट

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्