कञ्चनपुर, २८ असोज । नेपाली कांग्रेसका एकजना पूर्व सांसदले डाक्टरमाथि आक्रमण गरेका छन् । २०७० मा भएको निर्वाचनमा कञ्चनपुरबाट विजयी भएका पूर्व सांसद दिवानसिंह बिष्टले डाक्टरमाथि आक्रमण गरेका हुन्।
विष्टले श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र बेलौरीमा कार्यरत डा. अमित पण्डितलाई कुटपिट गरेका हुन् । शुक्रबार बिहान उपचारका लागि स्वास्थ्य केन्द्र नजिकैको थलकेदार क्लिनिकमा ल्याइएकी २५ वर्षीया चन्दा थापाको स्वास्थ्य स्थितिमा सुधार नभएपछि पूर्व सांसद विष्टले आफूमाथि कुटपिट गरेको डा. पण्डितले बताए।
विष्टले स्वास्थ्य केन्द्र अगाडिको रोडबाट पिट्दै आफूलाई कार्यालयसम्म पुर्याएको डा. पण्डितले बताए। डाक्टरमाथि कुटपिट गर्नुको कारण भने खुलेको छैन् । कुटपिटको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै श्रीपुर स्वास्थ्य केन्द्रले दोषीलाई कारवाहीको माग गरेको छ।