जीवन स्मृति ब्याटमिन्टनको उपाधि निश्चल र केवलद्वारा कब्जा

badminton
लाेकपाटी न्यूज
0 Shares

भरतपुर, २७ असोज । निश्चल बस्नेत र केवल न्यौपानेको टोलीले भरतपुर (२२, पटिहानीमा सम्पन्न भएको प्रथम जीवन स्मृति खुल्ला ब्याटमिन्टन प्रतियोगिताको उपाधि कब्जा गरेका छन् ।

पटिहानी युवा तथा खेलकुद परिषद भरतपुर २२, चितवनको आयोजनामा भएको प्रतियोगितामामा प्रेमदिप अधिकारी र केदार न्यौपानेको जोडीलाइ २१–१० र २१–१५ को सोझो सेटमा निश्चल र केवलको जोडीले पराजित गर्यो । शेर बहादुर मगर र क्याप्टेन हेम बहादुर तमाङ्गको जोडीले तेस्रो स्थानमा चित्त बुझायो ।

प्रथम हुने निश्चल र केवलले ३५ किलोको खसी सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरे । दोस्रो हुने प्रेमदिप अधिकारी र केदार न्यौपानेको जोडीले २० किलोको बोको सहित ट्रफी, मेडल र प्रमाणपत्र तेस्रो हुनेले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । उनीहरुलाई प्रमुख अतिथि जिल्ला समन्वय समिति सदस्य सिता पुन, पटिहानी युवा तथा खेलकुद परिषदका सल्लाहकार समिति संयोजक रामहरि सेढाई, जीवन स्मृति प्रतिष्ठानका संरक्षक एबम सल्लाहकार सदस्य धर्मराज महतो, भरतपुर २२ का कार्यबाहक वडा अध्यक्ष सोम बहादुर गुरुङ लगाएतले पुरस्कार वितरण गरे ।

२९ वटा टिमको सहभागिता भएको सो प्रतियोगितामा पंकज चौधरी सर्बोत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगिताको समापन पटिहानी युवा तथा खेलकुद परिषदका अध्यक्ष रामकृष्ण ढकालको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्