म्यानचेस्टर सिटीको प्रस्ताव मेसीलाई अस्विकार

Lionel Messi
लाेकपाटी न्यूज
0 Shares

लियोनल मेसीलाई क्लब भित्र्याउन इंग्लिस क्लब म्यानचेस्टर सिटीले निकै ठूलो प्रयास गरेको खुलेको छ ।

म्यानचेस्टर सिटीले मेस्सीलाई बार्सिलोनामा पाइरहेको भन्दा तेब्बर बढी पारिश्रमिक दिने प्रस्ताव गरेको स्पेनिस पत्रिका मुण्डो डिप्रोटिभोलाई उद्धृत गर्दै द सनले लेखेको छ ।

म्यानचेस्टर सिटीले पारिश्रमिक तेब्बर बढाएर दिने प्रस्ताव गरे पनि लियोनल मेस्सीले अस्वीकार गरेको खबरमा उल्लेख छ ।

मेस्सीलाई क्लब भित्र्याउने प्रयासमा प्रशिक्षक पेप गार्डिवला नै सक्रिय भएको क्लबका प्रमुख कार्यकारी खाल्दून अअल मुबारकले खुलाएका हुन् ।

गार्डिवलाले मेस्सीसँग सीधै कुरा गरेको खबरमा उल्लेख छ । प्रस्ताव टेबुल गरे पनि मेस्सीले अस्वीकार गरेको उनले बताए । ३१ वर्षका मेस्सी बार्सिलोनाबाट आफ्नो खेल जीवन अन्त्य गर्ने पक्षमा रहेको देखिएका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्