मेरो जीवनीमाथि पुस्तक लेख्ने अनुमती कसैलाई छैन : नायिका नम्रता श्रेष्ठ

Namrata Shrestha
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, २८ असोज । नायिका नम्रता श्रेष्ठको जीवनीमाथि लेखिएको उपन्यास चाडै नै बजारमा आउन लागेको बिषयमा मिडियामा खबर आइरहेको छ । नम्रताले नै अनुमती दिएपछि सविन प्रियासनले उनको जीवनीमा उपन्यास लेखिरहेको खबर सार्वजनिक भइरहेको हो ।

नम्रताको अश्लिल भिडियो काण्ड बाहिर आएपछि उनले भोगेका घटना र संघर्षको कथालाई उपन्यासमा उतार्ने सविनले बताउँदै आएका छन् ।

तर, नायिका नम्रता श्रेष्ठले भने आफ्नो जीवनीमाथि काठमाडौंमा आयोजना भएको चलचित्र ‘प्रसाद’को कार्यक्रममा नम्रताले भनिन् “यो कुरा गलत हो । उहाँ पुस्तक लेखिसकेपछि मलाई भेट्न आउनु भएको थियो । उहाँले मसँग मेरो जीवनीमाथि किताव लेख्दा कुनै खालको सल्लाह नै गर्नुभएको थिएन । यसैले त्यो पुस्तक बजारमा आउँदैन । ”

पुस्तक प्रकाशित हुन लागेको खबरलाई अस्विकार गरेकी छिन् । लेखकले आफूसँग सल्लाह नै नगरी पुस्तक लेखेकाले आफूले अनुमती नदिएको स्पष्ट पारिन् ।
अहिले आफू र लेखकसँग कुराकानी नभएको नम्रताले बताइन् । नम्रताले पुस्तक बजारमा आउनु भनेको कानुन विपरित हुने समेत खुलाइन् ।