गर्भधारणका लागि हरदिन सामान्य हुँदैन । केही दिन विशेष दिन यस्तो हुन्छ, जब महिलाहरु गर्भवती हुने सम्भावना धेरै हुन्छ । यस्तो समयलाई महिलाको फर्टाइल स्टेज भन्ने गरिन्छ । यस समय यौन सम्बन्ध भएमा महिलाहरु गर्भधारण हुने सम्भावना बढ्छ ।
आमा बन्नु सहज कुरा होइन । धेरै कारणले केही महिलाहरु आमा बन्न सक्दैनन् वा गर्भधारण गर्न सक्दैनन् । यदी तपाइले केही सानातिना तर महत्वपूर्ण कुराहरुलाई ख्याल गर्नु भएमा तपाइँ सहजै गर्भधारण गर्न सक्नुहुन्छ ।
गर्भधारणको लागि केवल सेक्स जरूरी होइन, किनकी कुन समय तपाई सेक्स गर्दै हुनुहुन्छ, यो कुरा पनि महत्वपूर्ण छ । सफल गर्भधारण गर्नका लागि ओवुलेशन पीरियडको जानकारी पनि जरुरी हुन्छ ।
गर्भधारणसँग सम्बन्धित शोध अनुसार यो कुरा थाहा हुन्छ कि जुन महिलाले सेक्सको क्रममा उत्तेजित हुन्छन्, तब गर्भधारणको सम्भावना निकै धेरै हुन्छ ।
पुरुषको शुक्राणु जब महिलाको गर्भमा प्रवेश गर्छ, तब गर्भधारण हुन्छ । पुरुषको शुक्राणु महिलाको अंडाणुमा पुगेर जब सफल निषेचन गर्छ, तब गर्भधारण हुन्छ ।
यदी तपाइको बिवाह भएको धेरै समय भएको छ । तर, फेरि पनि तपाइँ गर्भधारण हुनुभएको छैन भने गर्भधारणको प्रयास गर्नु अघि तपाई दुवै पति–पत्नीले आफ्नो शारीरिक परीक्षण गर्न पर्ने हुनसक्छ । यसबाट यो कुरा थाहा हुन्छ कि तपाइँहरुको समस्या के हो ?
यदी तपाइँ यो जान्न चाहनुहुन्छ कि महिनावारी भएपछि कुन दिन गर्भधारणको लागि सबैभन्दा उपयुक्त हुन्छ, यो लेख तपाइका लागि नै हो ।
महिनावारी भएको ६ दिन पछि ७ दिनसम्म गर्भवती हुने सम्भावना रहन्छ । महिनावारी सुरु भएको ६ दिनपछी सेक्स गर्दा त्यस लगत्तै ७/८ दिनसम्मको समय गर्भ बस्ने सम्भावना उच्च हुन्छ । यदी तपाई कुनै ख्याल नगरी दिन बिराएर सम्बन्ध राख्नुहुन्छ भने पनि गर्भधारणको सम्भावना बढ्छ ।
श्रीमतीको उत्तेजना बिना श्रीमान आफू सन्तुष्ट बन्न मात्र सेक्स गर्छ भने गर्वाधानको सम्भावना समेत घट्छ । सेक्स गर्दा श्रीमती निकै कामुक रुपमा यौन आनन्द लिइरहेकी छन् भने त्यस्तो अवस्थामा गर्भाधान हुने सम्भावना निकै बढी हुने सोधकर्ताहरुले जनाएका छन् ।
महिनावारी भएको ६/७ दिन पछिदेखि १४ दिनसम्म गर्भाधान हुने सम्भावना बढ्दै जान्छ । यसको मतलव यस समय हर्मोनको मात्रा अन्य समयभन्दा बढी हुन्छ, यस अवधिमा संसर्ग हुँदा गर्भाधानको सम्भावना उच्च हुन्छ ।
गर्भधारण गर्नका लागि उमेरले पनि विशेष महत्व राक्छ । गर्भवती हुनका लागि सबैभन्दा उपयुक्त उमेर २२ देखि २९ वर्षको बीचलाई मानिन्छ । विवाहलाई लिएर आजकाल मानिसहरुको सोच बदलिएको छ । आजभोलि विवाहको औसत उमेर ३० वर्ष मानिन्छ । तर, यो उमेरपछि गर्भधारण गर्नका लागि २२–२९ वर्षजति उपयुक्त हुँदैन ।
उमेर ढल्केपछि गर्भधारण हुने सम्भावना कम हुँदै जाने हुँदा पनि समस्या निम्तन सक्छ । त्यसो त ढल्कँदो उमेरमा हुने गर्भले आमा वा बच्चाको स्वास्थ्य वा शारीरिक कष्टको समेत समस्या आउने गर्दछ । महिलाको २५ वर्षको उमेर शारीरिक र मानसिक रूपमा गर्भवती हुनका लागि सबैभन्दा उपयुक्त उमेर मानिन्छ ।
२२ देखि २९ वर्ष सम्मलाई निकै उपयुक्त उमेर मानिने भएपनि साधारणतया गर्भधारणको लागि १८ वर्षदेखि ३५ वर्षसम्मको उमेर पनि उपयुक्त मान्ने गरिन्छ । तर, २० वर्षपछि मात्र गर्भधारण गर्नु डाक्टरहरुको सल्लाह हुन्छ भने ३५ वर्ष हुनु अगावै गर्भ बोक्न सल्लाह दिने गरिन्छ ।