बिहानै खसी बोकेर जेल पुगे मेयर

लाेकपाटी न्यूज
0 Shares

कालिकोट, २९ असोज । तिलागुफा नगरपालिका प्रमुख रतनबहादुर शाहीले जिल्ला कारागार कालिकोटमा रहेका कैदीबन्दीलाई दशैँ मनाउन खसी उपहार दिएका छन्।
तिलागुफा नगरपालिका प्रमुख शाहीले सोमबार बिहान जिल्ला कारागार कालिकोट पुगेर दशैँका लागि खसी र खाद्यान्न हस्तान्तरण गरेका हुन्।
दशैँ तिहार नेपालीको महान चाड भएकाले कारागारमा रहेका कैदीबन्दीलाई निराशा नआओस् र खसी तथा खाद्यान्न उपहार दिएको नगरप्रमुख शाहीले बताए। ‘दशैँ तिहारमा खल्लो महशुस नहोस भनेर कैदीबन्दीलाई उपहार दिएको हुँ,’ उनले भने।
नगरप्रमुख शाहीले जेलमा रहेका कैदीबन्दीलाई नेपालको कानून अनुसारको सबैले सजाय भोग्नुपर्ने र त्यसै अनुसार कैदीबन्दीलाई कानुनको पालना गर्न आग्रह गरे। ‘जानअन्जान गल्ती गरेकाले तपाईहरूले नेपालको कानुन अनुसार कैद भुक्तान गरिरहनु भएको छ,’ उनले भने, ‘कानूनको पालना गर्नु सबै नागरिकको कर्तव्य हो।’