काठमाडौं, २९ असोज । पछिल्लो समय विश्वका हरेक देशहरुमा नेपालीहरुको परिश्रमलाई कसैले नजरअन्दाज गर्न सक्दैन । स्वदेशी माटोमा केही गर्ने सपना भएपनि कमजोर आर्थिक हैसियत र अव्यवस्थित वातावरण भएका कारण नेपाली युवा पुस्ता लाखौं सपना बोकेर परदेशी हुन बाध्य हुन्छ ।
विदेशमा दुःख सुरुवातमा सबै नेपालीहरुका लागि सामान्यजस्तै हो । समय फेरिंदै गएपछि नेपालीहरुले पनि विदेशमा ठुलठुला सफलतामा भाग लिन पाएका उदाहारण हाम्रा बिचमा धेरै रहेका छन् ।
जसलाई ब्याख्या गरेर हामीले के कुरा जान्न सक्छौं भने विदेशमा भाडा माझ्नेहरु मात्रै नेपाली होईनन् त्यो भन्दा माथिसम्म पनि नेपालीहरुले आफ्नो सामराज्य खडा गरेर बसेका छन् भन्ने कुरा जान्न सक्छौं ।
आज हामी एक यस्ती नेपाली चेलीको जीवन बताउन जाँदैछौ जसका कारण तपाई आफु नेपाली भएकोमा गर्व गर्नुहुनेछ । आज भन्दा ३६ वर्ष अगाडी तनहुँको माझकोटमा जन्मिएकी आस्था बिन्दु मल्ल तनहुँका चर्चित दुर्गा बहादुर मल्ल ठकुरी परिवारकी एक्ली सन्तान थिईन् ।
उनको परिवारभित्र उनी छोरी भएर जन्मिएपनि छोरा सरह सम्मान पाईन कुनै कुरामा परिबन्द र घेरा तोकिएन अनी यो ठिक त्यो बेठिक भन्ने वर्गिकरण गरिएन । जे राम्रो लाग्छ त्यो गर्न उनलार्ई स्वतन्त्रता थियो ।
जेभिएर एकेडेमीबाट विज्ञानमा स्नातक एंवम त्रिभुवन विश्वविद्यालयबाट वातावरण विज्ञानमा स्नाकोत्तर गरेपछि जे जे भोग्नुपर्छ म तयार छु भन्ने सोच उनको मनमा आयो ।
एकाएक उनले आफनो दिमागलार्ई एकै चौटी ३६० डिग्रीमा घुमाईन् अनी कुनै बेला नेपालले खाद्य सहयोग गरेको देश दक्षिण कोरिया गईन् ।
नेपालीमा एउटा उखान छ “म ताक्छु मुढो बन्चरो ताक्छ घुँडो” त्यस्तै गरेर आफनै कुलकुटुम्ब भित्रको जीवनसाथी रोज्नुपर्छ भन्ने सोचाईलाई उनले लात मारिदिइन र अन्र्तरजातिए प्रेममा परीन् । उनले सन् २००४ मा अन्तरजातीय विवाह गरिन् जसको कारण उनको घरपरिवारमा ठुलो विवाद सृजना हुन भयो ।
किताबी ज्ञान जती नै होस त्यो अपुग नै हुँदो रहेछ भन्ने कुरा दक्षिण कोरियाको अन्तराष्ट्रिय विमानस्थलमा झरेपछि उनले थाहाँ पाईन् । अवसरको प्रचुर सम्भाबना भएको देशमा केहि नदेखेर ठुलो जेटको शयर गर्न मरिहत्ते गरेपछि अब आफुलाई शुन्यबाट सुरु गर्नुपर्छ भन्ने उनलाई लाग्यो ।
न त स्नातक न त स्नाकोत्तर १ कोरियाको ईह्वा वुमन्स युनिभर्र्सिटीबाट जब र्ईन्जिनियररिङ्ग कोर्ष सफलताका साथ सम्पन्न गरेपछि बल्ल सम्झिइन् संघर्ष बिनाको जीवन के जीवन हो र ? सन् २००९ मा एउटा सानो ज्योती रेष्टुरेन्ट खोलेर अगाडी बढे तब सम्म म आमा बनीसकेकी थिए ।
दक्षिण कोरियाको प्रतिष्ठीत योन्सेई युनिभर्सिटीमा जलवायु तथा मौसम परिवर्तन बिषयमा विद्यावारिधीको अन्तिम चरणमा रहेकी आस्था बिन्दु लगभग बार्षिक १२०० मिलियन डलर बजेट र ३००० भन्दा बढी जनशत्ति रहेको दक्षिण कोरियाको वातावरण मन्त्रालय अन्र्तगत पर्ने, संसारका जो सुकै रोजगारका रुपमा जोडीन चाँहने कोरियन ईन्भारमेन्ट कर्र्पोरेशन डिपार्र्टको अनुसन्धानकर्ताको रुपमा महत्वपूर्ण भुमिकामा कार्यरत रहँनु उनका लागि पक्कै सानो कुरो थिएन ।
उनी थप्छीन पाईलट प्रोजेक्टको रुपमा कोरिया वातावरण कर्र्पोरेशन संस्थाका माध्यमबाट नेपाललार्ई एक करोड रुपैयाँ आर्थिक सहयोग सम्झौतामा नेपालका जनसंङख्या तथा वातावरण मन्त्रालयका सचिब बिश्वनाथ ओली र संस्थाका प्रमुख बिच हस्ताक्षर गराउँन उनी सफल भइन् ।
उनी भन्छिन, “ यो सुरुवात हो भोलीका दिनमा देश प्रतिको मेरो जिम्मेवार अझ बढी हुनेछ ।” हाल दक्षिण कोरियामा उनका झण्डैं छ करोड रुपैयाँ लगानीमा तीन ठाँउबाट होटल संचालन गरेर उनले कोरिया सरकारलाई बार्षिक पच्चिस लाख नेपाली रुपैया कर भुक्तान गर्दै आएकी छिन् ।
बिन्दुको कम्पनीमा अहिले दुई दर्जन भन्दा धेरैं नेपाली कामदारहरु रहेका छन् ।
अन्त्यमा उनले भावुक हुँदैं भनिन्, “देशलाई माया गर्छु यो त्यो सब बहानाबाजीका रेडीमेड जवाफ जीवन सफल भयो यत्तिमा आत्मसन्तुष्टी लिन्न, म जती सम्पन्न किन न हुँ म नेपाली भनेर चिनीनुलाई गर्विलो ठानेर छाती फुलाउँनुलाई खुसी मान्दीन ।
पासपोर्ट बोकेर जेटमा संसारका जुनसुकै कुनाको शयर गर्दैमा मलाई आत्मसन्तुष्टी हुँदैन भोलीका दिन देशप्रति मैले मेरो जिम्मेवार कुशलतका पुर्वक निर्वाह गर्न सके भने मात्र म पक्का नेपाली नत्र के नेपाली ?” उनको देश जनताप्रतिको मायालाई सम्पुर्ण नेपालीहरुको तर्फबाट करोडौं सलाम गर्न चाहान्छौं ।