काठमाडौं, ३१ असोज । गुन्डा नाइकेका रूपमा चिनिएका कांग्रेस काभ्रेका नेता गणेश लामा जेलमुक्त भएका छन्। गत फागुन ३० मा गौशालामा गोलीसहित पक्राउ परेका लामा सातमहिनापछि गुपचुप जेलमुक्त भएका हुन्।
हातहतियार तथा खरखजाना मुद्दामा कैद सजाय भुक्तान गरेर लामा डिल्लीबजार कारागारबाट सोमबार राति गुपचुप थुनामुक्त भएका हुन्।
नेपाली कांग्रेसबाट चुनावसमेत लडेका लामालाई प्रहरी परिसरको विशेष टोलीले एउटा पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ गरेको थियो। उनी गौशालास्थित होटल पशुपति भिजनमा गोली चलेपछि त्यहाँ पुगेको प्रहरी टोलीले लामालाई पक्राउ गरेको थियो।
उनलाई पक्राउ गरेको विरोधमा कांग्रेस काभ्रेपलाञ्चोक र कांग्रेसको युवा संगठन तरुण दलले आन्दोलन गरेको थियो। कांग्रेसका सांसदहरूले समेत लामा पक्राउको विरोध गरेका थिए।
कांग्रेस नेता तथा गुन्डा नाइके गणेश लामा गुपचुप जेलमुक्त

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्