तामाङ समाज अमेरिकाले संस्थाको कार्यालय न्यूयोर्कमा नेपाली बालबालिकाहरुको निम्ति नेपाली भाषाको कक्षा “नाङसाल” संचालनमा ल्याएको छ।
अमेरिकामा जन्मिएका नेपाली समुदायका बालबालिकाहरुले नेपाली भाषा बोल्न छाडेका कारण तामाङ समाज अमेरिकाले प्रवासमा रहेको नेपाली बालबालिकाहरुलाई नेपाली भाषा, रितिथिति, भेष-भूषा, संस्कार-संस्कृति सिकाउने मुख्य उद्देश्यका साथ नेपाली भाषाको कक्षा “नाङसाल” संचालनमा ल्याईएको हो।
तामाङ समाज अमेरिकाले नेपाली समुदायको बालबालिकाहरूलाई नेपाली भाषा, रितिथिति, संस्कार संस्कृति, भेषभुषा आदिको संरक्षण, सम्बर्द्धन र विकास गर्दै पछिल्लो पुस्तालाई सिकाउँदै हस्तारण गर्ने मुख्य लक्ष र उद्धेश्यका साथ “नाङसाल” नेपाली भाषा कक्षा संचालनमा ल्याएको हो।
हरेक आइतवार बिहान १० बजे देखि १२ बजे सम्म दुई घण्टा कक्षा संचालन गरिएको र छिट्टै तामाङ भाषा र अंग्रेजी भाषाको कक्षा संचालनको लागि गृहकार्य गरिरहेको छ।
विद्यार्थीहरूलाई संयोजन गर्ने र नेपाली भाषाको कक्षा संचालन गर्ने काम बाल विभागका संयोजक रेणु वाइबा तामाङ र कोषाध्यक्ष फुरु लामा तामाङले गरेका छन्।
नेपाली डायस्पोरामा एकता र आपसी सदभावको अभिबृद्धिका साथसाथै सबल, सभ्य र स्वास्थ्य समाजको परिकल्पना सहितको शिक्षाले संस्थाको लक्ष्य र उद्देश्य अनुरुपको काम गर्न थालेको तामाङ समाज अमेरिकाका अध्यक्ष सानुमाया तामाङले बताइन्।
समाजले अमेरिकाको कार्यलयमा नेपाली भाषाको कक्षा संचालन भईरहेको हुँदा अमेरिकामा रहेका सबै अभिभावकहरूलाई आफ्नो बालबालिकाहरूलाई नेपाली भाषाको कक्षामा सहभागी गराउन समेत अनुरोध गरेको छ।
अमेरिकाका नेपाली बालकालिकाका लागि नेपाली कक्षा शुरु

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्