यस्तो छ दशैँको टीका लगाउने उत्तम साईत

लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १ कार्तिक । नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको विजयादशमीको टीकामा साइत खोज्नेका लागि विहान ९ बजेर ५१ मिनेट उत्तम रहेको जनाएको छ।
दसैंमा मान्यजनहरुबाट टीका जमरा थापेर आशिर्वाद लिने चलन छ।
साइत नै खोज्नेका लागि भने ९ बजेर ५१ मिनेटको समय उत्तम रहेको भनिए पनि यद्यपि, दुर्गा भवानीको प्रसाद लगाउन कुनै साइतको जरुरी नपर्ने समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए।
विजया दशमीका दिन विहान ९ बजेर ३९ मिनेटमा देवी विसर्जन गर्ने शुभ साइत रहेको पनि समितिले जनाएको छ।
देवी विसर्जन गरिसकेपछि विहान ९ बजेर ५१ मिनेट टीकाका लागि उत्तम साइत रहेको समितिका अध्यक्ष प्रा. डा. गौतमले बताए।
उनले राज्य सञ्चालनमा रहेकाहरुले साइतमै टीका लगाउनु उत्तम हुने पनि बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्