भूमिसुधार मन्त्री अर्याललाई मातृ शोक

padhma aryal
लाेकपाटी न्यूज
0 Shares

स्याङ्जा, ६ कात्तिक । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्याललाई मातृशोक परेको छ ।

मन्त्री अर्यालकी माता तारादेवी अर्यालको ८६ वर्षको उमेरमा सोमबार साँझ आफ्नै निवासमा निधन भएको हो । केही समयदेखि निमोनिया र फोक्सोमा समस्या देखिएपछि काठमाडौँमा उपचार गराइरहेकी अर्याललाई दशैँको समयमा घर ल्याइएको थियो ।

स्व. तारादेवीका चार छोरा र चार छोरी रहेका छन् । स्व. अर्यालको मंगलबार रामनदी धाम राम्दीमा दाह संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

आमाको निधनपछि मन्त्री अर्याल हिजो सोमबार राति नै स्याङ्जा प्रस्थान गरेकी छिन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्