निर्मला पन्तका हत्यारा पक्रिए सरकार ढल्छ : नारायणमान बिजुक्छे

Narayanman Bijukchhe
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, ६ कात्तिक । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले कन्चनपुरकी बालिका निर्मला पन्तको हत्याकाण्डका दोषीलाई कारबाही गरिए वर्तमान सरकार ढल्ने दाबी गरेका छन् ।

भक्तपुरमा जारी ३८ औं नेपाल भाषा साहित्य तःमुंज्या सम्मेलनमा मंगलबार उनले निर्मलाका बलात्कारी एवं हत्यारा सत्तारुढ दलकै संरक्षणमा रहेकाले दोषी पक्राउ गर्न विलम्ब भएको आरोपसमेत लगाए ।

बिजुक्छेले घटनाको सुरुदेखि नै प्रमाणहरु नस्ट गर्ने सुरक्षाकर्मीमाथि राजकाज मुद्दा लगाउन माग गरे । उनले सरकारको नियत नै खराब रहेकाले हत्यारा निर्धक्क बसेको बताए ।

सरकारले हत्यारा पत्ता लगाउन छोडेर विषयान्तर गर्न खोजेको बिजुक्छेले दावी गरे । सरकार नै संलग्न नभएको भए हत्यारा गिरफ्तार हुन्थ्यो’ उनले भने ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्