काठमाडौं । हामी सबैलाई थाहा छ एक ब्यक्ति अर्को भन्दा फरक हुन्छ । मानिसअनुसार रुचि पनि फरक फरक हुन्छन् । कसैलाई गुलाफ मन पर्छ त कसैलाई गुराँस । कसैलाई गुलियो खान मन पर्छ त कसैलाई नुनिलो ।
यसैगरी यौनिक मामलामा पनि मानिसहरुमा फरक फरक गुण र व्यवहार हुन्छन् । कसैलाई यौन सम्बन्ध राख्दा सादा तरिका मनपर्छ भने कसैलाई विभिन्न तरिका अपनाउन मन पर्छ ।
कसैलाई कामुक कुराकानी मन पर्छ भने कसैलाई एक अर्कालाई हेरे मात्र पुग्छ । ज्योतिषशास्त्रका अनुसार यौनिक ब्यवहार फरक हुनुको कारण राशि हो । राशिले मानिसको यौन रुचिमा फरक पार्छ ।
मेष राशिका मान्छे कामुक
मेष राशिका मानिसमा कामुकता अत्याधिक हुन्छ । तर, लामो समयसम्म यौन सम्बन्ध राखिरहन भने मन पराउँदैनन् । यो राशिका मानिसहरु कम समयमा धेरै यौनिक आनन्द लिनेमा विश्वास गर्छन् । यौन सम्बन्ध राख्ने बेलामा यिनीहरु आतुर हुन्छन् ।
वृष राशिलाई चुम्बन
वृष राशिका ब्यक्ति धैर्यशाली हुन्छन् । यिनीहरु आवेशमा आउँदैनन् । चुम्बन यिनीहरुलाई निक्कै मन पर्छ । यिनीहरुले यौन सम्बन्ध लामो बनाउन चाहन्छन् र एक अर्कालाई माया गर्नुपर्ने चाहन्छन् । यिनीहरुलाई यौन सम्बन्धका लागि पहल गरेको मन पर्छ ।
मिथुन राशिलाई प्रेमालाप
यो राशिको स्वामी बुध हो त्यसैकारण कामुक भावना प्रवल हुन्छ । यिनीहरु पनि निक्कै आतुर हुन्छन् । यौनका लागि यिनीहरु छिटै तयार हुन्छन् । यौन सम्बन्ध गरिरहँदा यिनीहरुलाई प्रेमालाप पनि गरेको मन पर्छ । यिनीहरु आफ्नो पार्टनरको सन्तुष्टिप्रति पनि सचेत हुन्छन् ।
कर्कट राशिका प्रेममा उत्साहित
यो राशिका मानिस भावुक र मानसिक रुपमा संवेदनशील हुन्छन् । यिनीहरुको यही स्वभावका कारण यौन आनन्द त्यति लिन सक्दैनन् । यिनीहरुलाई आफ्नो पार्टनरको भन्दा पनि आफ्नो खुसी बढी महत्वपूर्ण हुन्छ । यो राशिका मानिसहरु प्रेमको आनन्द लिन जान्दैनन् र जीवनमा कमि महशुस भइरहन्छ ।
सिंह राशिले पर्खिन्छन् इशारा
यो राशिका व्यक्ति स्थिर स्वभावका हुन्छन् । यिनीहरुको भावना सहजै व्यक्त हुँदैन । तर इशाराको पर्खाइमा भने हुन्छन् । यौन सम्बन्धको सममया यिनीहरु निक्कै जोशसहित प्रस्तुत हुन्छन् । जोशले गर्दा पार्टनरको भावना भने त्यति बुझ्दैनन् ।
कन्या राशिमा यौनप्रति विशेष रुचि
यो राशिका मानिस केही लाज मान्ने स्वभावका हुन्छन् । यिनीहरुले प्रेमी प्रेमिका वा पति पत्नीसँग प्रेम व्यक्त गरि हाल्दैनन् । यद्यपि, चासो भने निक्कै धेरै हुन्छ । यो राशिका मानिस यौन सम्बन्धको बेला समय बर्बाद गर्दैनन् । प्रेमप्रति भने पुरै इमान्दार हुन्छन् । तर, मुढी स्वभाव भने हुन्छन् ।
तुला राशिमा सम्बन्ध बढाउने चाहना
यो राशिका ब्यक्ति आफ्नो पार्टनरको खुसीमा ध्यान दिन्छन् । प्रेम सम्बन्धका लागि दवाव पनि दिँदैनन् । साथीको इच्छा अनुसार तयार हुन्छन् । तुला राशिको स्वामी शुक्र भएका कारण यिनीहरुप्रति मानिस आकर्षित भइहाल्छन् । यिनीहरुलाई यौनक्रिडाको समयमा कुराकानी गर्न मन पर्छ ।
वृश्चिक राशिमा कामुक प्रवलता
वृश्चिक राशिको स्वामी मंगल भएका कारण यो राशि भएका मानिसमा कामुकता बढी हुन्छ । यिनीहरुको अति उत्साहका कारण पार्टनरलाई भने केही कठिन हुन्छन् । प्रेमका कुरामा यिनीहरु भावुक हुन्छन् ।
धनु राशि यौनमा सधैं तयार
यो राशिका मानिसको विशेषकता के हो भने यिनीहरु जतिबेला पनि यौन र प्रेमका लागि तयार रहन्छन् । यिनीहरुलाई यौन क्रिडाको समयमा चुम्बन गर्न र अरु क्रियाकलाप गर्न मन पर्छ । छिटै उत्तेजनामा आउनु यो राशिका मानिसको विशेषता हो ।
मकर राशिलाई चुम्बनमा मन
यो राशिका मानिस प्रेम सम्बन्धका विषयमा गम्भीर हुन्छन् । यिनीहरु साथीप्रति समर्पित हुन्छन् । प्रेममा विश्वास गर्न लायक राशि मानिन्छ मकर । यिनीहरुलाई यौनक्रिडाको समयमा चुम्बन अत्याधिक मन पर्छ । तर, पार्टनरको सन्तुष्टिप्रति कम सचेत हुन्छन् ।
कुम्भ राशिलाई नयाँ–नयाँ प्रयोग
यो राशिका व्यक्ति यौन क्रिडाका लागि अति उत्साहित हुन्छन् । यसमा नयाँ–नयाँ आसन र शैलीको प्रयोग गर्न मन पराउँछन् । यौन क्रिडा गरिरहँदा अन्य कुरा गर्न मन पराउँदैनन् यिनीहरु । यिनीहरु आफ्नो पार्टनरको सन्तुष्टिलाई बढी ध्यान दिन्छन् ।
मीन राशिको सम्बन्ध सुखद
यो राशिका मानिसमा भावनाको प्रवलता हुन्छ । पार्टनरको भावना बुझेर सन्तुष्टिमा ध्यान दिन्छन् । यिनीहरुमा पनि यौन चाहना अत्याधिक हुन्छ । कुम्भ राशिजस्तै नयाँ–नयाँ प्रयोग गर्न मन पराउँछन् ।