को हुन् स्टालिन ? यस्तो छ स्टालिनको अर्थ (रोचक जीवनी)

stalin_poste
स्टालिन नामको अर्थ हुन्छ लौह पुरुष । स्टालिनले जुन तरिकाले आफ्नो जिन्दगी जिए, लाग्छ। उनले आफ्नो नाम सार्थक गरे। उनले रुसको यती शक्तिशाली बनाए कि दोस्रो विश्व युद्धमा हिटलरको जर्मन सेनालाई समेत पराजित गरे।
लाेकपाटी न्यूज
0 Shares

इ.भि. स्टालिन (सन् १८७१–१९५३) रुसी क्रान्तिका नेता । सन् १८९८ देखि रसियाली सामाजिक जनवादी मजदुर पार्टी सदस्य, बोल्सेविक । अक्टोबर १९२० राजकीय नियन्त्रणसम्बन्धी जन कमिसार । पछि गएर मजदुर किसान नियन्त्रण कमिसारयाटको नेतृत्व गरे । सन् १९२२ देखि १९५२ सम्म पार्टी केन्द्रीय समितिका महासचिव, त्यसपछि सोभियत संघ कम्युनिष्ट पार्टीको समितिका सचिव । सन् १९४१ देखि १९४३ सम्म सुरुमा जनकमिसार परिषद् त्यसपछि सोभियत संघको मन्त्री परिषद्का अध्यक्ष ।

एक लामो अवधिसम्म पार्टी केन्द्रीय समितिको महासचिव पदमा रहेर स्टालिनले समाजवादको निर्माणको लागि देशका अन्य नेताहरूसँग मिलेर सक्रिय संघर्ष गरे, पार्टी्विरोधी धाराहरू विशेष गरेर ट्रोत्स्कीवाद तथा दक्षिणपन्थी अवसरवादको पराजयमा निकै ठूलो भूमिका खेलेका थिए । सोभियत संघका शासक जोसेफ स्टालिनलाई कम्युनिस्टका आदर्श मानिन्छ । उनी सोभियत संघको बहुत ठूलो हीरो थिए। तर, फौजी कार्यशैलीका कारण विश्व कम्युनिष्ट आन्दोलनमा उनी विवादित छन् ।

स्टालिन नामको अर्थ हुन्छ लौह पुरुष । स्टालिनले जुन तरिकाले आफ्नो जिन्दगी जिए, लाग्छ। उनले आफ्नो नाम सार्थक गरे। उनले रुसको यती शक्तिशाली बनाए कि दोस्रो विश्व युद्धमा हिटलरको जर्मन सेनालाई समेत पराजित गरे। ऊनी करिब एक चौथाई शताब्दीसम्म सोभियत संघका सर्वोच्च नेता रहे ।

स्टालिनको जन्म १८ डिसेम्बर १८७९ मा जर्जियाको ‘गोरी’मा भएको थियो। उनको बाल्यकालको नाम थियो, जोसेफ विसारियोनोविच जगाशविली। त्यस समयमा जर्जिया रूसका बादशाह जारको रूसी साम्राज्यको भाग थियो। स्टालिनको पिता पेसाले एक सार्की थिए। आमा कपडा धुने काम गर्थिन्। सात वर्षको उमेरमा स्टालिन बिरामी भए। जसको कारण उनको अनुहारमा दाग बस्यो। यो बिमारीले गर्दा उनको बायाँ हातमा समेत खराबी आयो।

बाल्यकालमा स्टालिन एकदम कमजोर थिए। अरु बच्चाहरुले उनलाई निकै सताउँथे। उनको पिता मदिराको लतमा डुबिरहन्थे र उनलाई पिटिरहन्थे। जब स्टालिन कुरा बुझ्ने भए, जर्जियामा जारको बिरोधमा आवाज उठ्न थाल्यो। उनी जर्जियाको लोक कथा र रूस विरोधी विचारबाट निकै प्रभावित थिए।

स्टालिनकी आमा धार्मिक स्वभावकी थिइन्। उनले १८९५ मा स्टालिनलाई पादरी बन्न पढाई गर्न जर्जियाको राजधानी तिफ्लिस पठाए। तर, स्टालिनलाई धर्ममा अलिकति पनि रुचि थिएन। उनी लुकिलुकी कार्ल मार्क्सका किताबहरु पढ्ने गर्थे। स्टालिनले त्यो बेला एक समाजवादी विचारधारा सङ्गठनको सदस्यता पनि लिएका थिए। यो सङ्गठन रूसको बादशाहको बिरोधमा मानिसहरुलाई एकजुट गर्थे। आमाको इच्छा बिपरित स्टालिनले पादरी बन्न इन्कार गरे। १८९९ मा उनलाई धार्मिक स्कूलबाट निकालियो।

बीसौं शताब्दीको शुरुवातमा स्टालिनले तिफलिसको मौसम विभागमा काम गर्न शुरू गरे। यस दौरान उनी लगातार रूसी साम्राज्यको बिरोधीको रूपमा प्रस्तुत भए। स्टालिन हडताल र विरोध प्रदर्शनमा संलग्न भैरहन्थे। जारको गुप्तचर विभागलाई स्टालिनको हर्कतको बारेमा सूचना थियो र उनलाई अब भूमिगत हुनु पर्यो। तब स्टालिन बोल्शेविक पार्टीमा प्रवेश गरे। १९०५ मा स्टालिनले पहिलोपटक रूसी साम्राज्यको विरुद्ध गुरिल्ला युद्धमा भाग लिए।

GettyImages-541038943.0

रूसमा बोल्शेविक क्रान्तिको अगुवा भ्लादिमीर लेनिनसँग स्टालिनको पहिलो भेट फिनल्यान्डमा भयो। लेनिन उनको प्रतिभा देखेर निकै प्रभावित भए। १९०७ मा स्टालिनले तिफलिसमा एक बैंकबाट साढे दुई लाख रूबल कब्जा गरे। यो रकÞम जार विरोधी आन्दोलनमा काम लाग्यो। लौह पुरुष स्टालिन जोसेफÞ स्टालिनले १९०६ मा केटेवान स्वानिजसँग बिहे गरे । बिवाहको एक वर्षपछि स्टालिनको एक छोराको जन्म भयो। तिफलिसमा बैंक कब्जापछि स्टालिन जर्जिया छोडेर भाग्नु पर्यो।

उनी अजरबैजान बाकू शहरमा बस्न थाले। बिवाहको एक वर्षपछि १९०७ मा स्टालिनको पत्नी केटेवानको टाइफाइडले निधन भयो। यो घटनाले स्टालिनलाई गहिरो चोट पर्यो। स्टालिनले आफ्नो छोरालाई उसका छोराछोरी छोडेर पूर्ण रुपले क्रान्तिको लागि लागे। यो दौरानमा नै उनले आफ्नो नाम बदलेर स्टालिन राखे। बिद्रोहीको आरोपमा स्टालिनलाई कैयौंपटक गिरफ्तार गरिएको थियो। १९१० मा उनलाई साइबेरिया पठाइएको थियो।

रुसी अक्टोवर क्रान्ति

सन् १९१७ मा लेनिनको अगुवाइमा रूसमा अक्टोबर क्रान्ति कम्युनिस्ट क्रान्ति सफल भयो। लेनिनले जनतासामू शान्ति, जमिन र रोटीको बाचा गरेका थिए। स्टालिनले यो क्रान्तिमा ठूलो भूमिका निभाएका थिए। उनी त्यस दौरान बोल्शेविक पार्टीको अखबार प्रावदा चलाउथे। जब उनले लेनिनलाई जारको सेनाबाट मुक्त गरेर फिनल्याण्ड पुग्न मद्दत गरे, स्टालिनको बढुवा भयो । जारको शासन अन्त्य भएपछि रुसमा गृहयुद्ध शुरु भयो। गृह युद्धको दौरान स्टालिनले पार्टीका भगौडा र बिरोधीहरुको हत्या गर्न खुलेआम आदेश दिए। जब लेनिन सत्तामा आए, उनले स्टालिनलाई कम्युनिस्ट पार्टीको महासचिव नियुक्त गरे।

सन् १९२४ मा लेनिनको मृत्यु भयो। त्यसपछि स्टालिनले पार्टी र सत्ताको केन्द्रमा आए । पार्टीका कतिपय नेता लेनिनपछि लियोन ट्राटस्की नै उनको उत्तराधिकारी मान्थे। तर, ट्राटस्कीलाई कतिपय बहुत आदर्शवादी मान्थे। उनीहरुलाई लाग्थ्यो कि ट्राटस्कीको सिद्धान्त असल जीवनमा लागू गर्न निकै मुस्किल छ। यस दौरान स्टालिनले आफ्नो राष्ट्रवादी मार्क्सवादी विचारधारालाई जोरसँग प्रचार शुरू गरे। उनले भने कि उनको लक्ष्य सोभियत संघलाई मजबूत बनाउन हो । ट्राटस्कीले स्टालिनको विरोध गरिरहे, अन्ततः स्टालिनले ट्राटस्कीलाई देश निकाला गरे ।

सोभियत संघको औद्योगिकरण

बीसको दशकमा नै स्टालिनले पञ्चवर्षीय योजनाबाट देशको प्रगतिको लागि काम गर्न शुरू गरे । उनले सोभियत संघको आधुनिक देश बनाउन जुटे। स्टालिनलाई लाग्थ्यो, यदि सोभियत संघमा औद्योगीकरण नभए कम्युनिस्ट अक्टोबर क्रान्ति असफल हुन्छ। देश बर्बाद हुन्छ, पूँजीवादी देशले रुस कब्जा गर्छन् । स्टालिनको शासनमा सोभियत संघमा कोइला, तेल र स्टीलको उत्पादन कैयौं गुना बढ्यो ।

देशले द्रुत गतिमा आर्थिक प्रगति गर्यो। स्टालिनले आफ्नो योजनाहरुलाई बहुत कडाइका साथ लागू गरे। कारखानालाई ठूलो ठूलो लक्ष्य दिइन्थ्यो। कतिचोटि त यो लक्ष्य पूरा गर्न असम्भव जस्तो लाग्थ्यो । जो लक्ष्य हासिल गर्न असफल हुन्थे, उनलाई देशद्रोही ठानिन्थे । रुसको आर्थिक विकासमा स्टालिनले चमत्कार नै गरेका थिए ।

जब स्टालिन सत्तामा आए, रूसमा धेरैजसो जमीन सानो सानो टुक्रामा बाँडिएका थिए। भोकमरि परिरहन्थ्यो। खेतमा निकै कम अन्न उब्जनी हुन्थ्यो। स्टालिनले खेतीको आधुनिकीकरण शुरू गरे। उनले तमाम जमिनको राष्ट्रियकरण गरे। धेरै किसानहरुले यसको बिरोध गरे। किसानहरूले आफ्नो जनावर मारेर र अन्न लुकाएर यसको बिरोध गरे। तीसको दशकको अन्त्य आउँदा आउँदै, सोभियत संघमा जमिन पूर्णतः राष्ट्रियकरण भयो। अन्नको उत्पादन कैयौं गुणाले बढ्यो।

त्यति धेरै आर्थिक विकास र समाजवादी सत्ताको अभ्यास गरेर पनि स्टालिन लोकप्रिय हुन सकेनन्, त्यसको एक मात्र कारण आफ्नो विरोध गर्नेहरुलाई उनले लिने कठोर नीति थियो । उनले आफ्नो विरोध गर्नेहरुलाई हत्या गर्नसम्म पछि परेनन् । सन् १९३४ देखि १९३८ सम्म उनले लिएको नीतिलाई लिएर पूँजीवादीहरुले स्टालिनलाई विश्वकै ठूला तानाशाहको रुपमा प्रचार गरे ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्