प्रचण्ड भोलि दिल्ली जाने, के-के छन् कार्यक्रम ?

prachanda-2
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, ८ कार्तिक । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इण्डिया फाउण्डेसनको पाँचौं कन्केलेभको प्रमुख अतिथिका रुपमा भोलि भारतको राजधानी दिल्ली जाने भएका छन् ।

इण्डिया फाउण्डेशनको पाँचौं कन्कलेभको थिम नागरिक घोषणापत्र र विचारको बहस रहेको छ । अध्यक्ष प्रचण्डले त्यस कार्यक्रमलाई प्रमुख वक्ताका रुपमा सम्वोधन गर्नेछन् ।

प्रचण्डले गर्ने सम्वोधनको पूर्ण पाठ परराष्ट्र मन्त्रालयले तयार गरेर पठाइसकेको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

प्रचण्ड शुक्रबार बिहान ९ बजे दिल्ली प्रस्थान गर्नेछन् भने शुक्रबारै बेलुकी ८ बजे नेपाल फर्कने कार्यक्रम रहेको नेकपाको सचिवालयले जनाएको छ ।

पार्टीको सचिवालय बैठक जारी रहेकाले नजाने कि भन्ने सोचे पनि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफल भएपछि कार्यक्रममा जाने निश्चित भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

भारतीय जनता पार्टीका महासचिव राम माधवले नेतृत्व गरेको इण्डिया फाउण्डेशनले यसअघि जुलाई ३१ मा काठमाडौंमा पनि एउटा सेमिनार गरेको थियो । त्यो कार्यक्रममा पनि प्रचण्ड प्रमुख अतिथि थिए ।

२६ अक्टोबर देखि २८ अक्टोबरसम्म दिल्लीमा चल्ने कन्केलेभमा विभिन्न २५ देशका ४ सयभन्दा राजनीतिज्ञ, कूटनीतिज्ञ र बुद्धिजीवीहरुको सहभागिता रहने आयोजक संस्थाले सार्वजनिक गरेको छ ।