सरकारले मदन भण्डारी विश्वविद्यालय खोल्ने, विधेयकको तयारी

Madan Bhandari
लाेकपाटी न्यूज
0 Shares

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता मदनकुमार भण्डारीका नाममा विश्वविद्यालय खुल्ने भएको छ । सरकारले ‘मदन भण्डारी प्राद्यौगिक विश्वविद्यालय’ स्थापना गर्ने विधेयक मस्यौदा गरिसकेको छ ।

मन्त्रिपरिषद्ले आगामी संसद् अधिवेशनमा विधेयक पेस गर्दै छ । ‘मदन भण्डारी प्राद्यौगिक विश्वविद्यालय स्थापनाका निम्ति मन्त्रिपरिषद्बाट विधेयक तयार गर्न सैद्धान्तिक सहमति लिईमस्यौदा तयार भइसकेको छ,’ शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भने, ‘अब विधेयक मन्त्रिपरिषद् हुँदै शिक्षा समितिमा जान्छ । त्यसपछि आउँदो संघीय संसदको अधिवेशनमा पेस हुन्छ ।’

विधेयक पारित भई ऐन बनेपछि विश्वविद्यालय स्थापना हुनेछ । पोखरेलले विश्वविद्यालय स्थापना प्रक्रिया शिक्षा मन्त्रालयबाट तीव्र गतिमा अघि बढाइएको जानकारी दिए । उनका अनुसार उक्त विश्वविद्यालय कहाँ खोल्ने, कस्तो प्रकृतिको हुने भन्नेबारे गृहकार्य भइरहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्