नेकपाले पायो कानूनी वैधता

Communist_Party_of_Nepal
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं । नेपाल कम्युष्ट पार्टी (नेकपा) ले निर्वाचन आयोगबाट वैधानिकता पाएको छ । पार्टीको नामको बारेमा यसअघि भएको विवादलाई आयोगले टुङ्याउँदै शुक्रबार वैधानिकता दिएको छ ।

‘राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ अन्तर्गत उपदफा २ ले ऐन प्रारम्भ हुँदा कानुन बमोजिम आयोगमा दर्ता भएको दलले मान्याता पाउँदा सत्तारुढ दलले पनि वैधानिकता पाएको हो ।

आयोगका प्रवक्ता दीपक सुवेदीका अनुसार, नेपाल कम्युनिष्ट पार्टी नाम भएको र पहिचान खुलेको सात वटा दल आफैमा फरक फरक भएको हुनाले सत्तारुढ पार्टीको पनि आफ्नै पहिचान भएको हुँदा वैधानिकता दिने आयोगले फैसला गरेको हो ।

फैसलामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी र ऋषि कट्टेलको नेतृत्वमा दर्ता भएको पार्टी नेपाल कम्युनिष्ट पार्टी ऐनको दफा ६ को उपदफा ९१० को खण्ड (ङ) अनुसार आयोगमा दर्ता कायम रहेको हुँदा फरक भएको स्वतः वैधानिकता पाएको उल्लेख गरिएको छ ।