लाइसेन्स पाउन आठ पास अनिवार्य

bike lisence
लाेकपाटी न्यूज
0 Shares

हेटौंडा, १० कात्तिक । सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिनका लागि कक्षा ८ उत्तीर्ण भएकै हुनुपर्ने व्यवस्था प्रदेश– ३ सरकारले गरेको छ ।

प्रदेशमा सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७५ मा सवारी चालक अनुमति प्राप्त गर्न अनिवार्य रुपमा कक्षा ८ उत्तीर्ण भएको हुनुपर्ने व्यवस्था गरिएको हो ।

सवारी चालक अनुमति पत्रसम्बन्धी विधेयकको व्यवस्थाअन्तर्गत दफा ५१ मा चालकको योग्यता प्रष्ट्याउँदै कक्षा ८ उत्तीर्ण नभएको व्यक्ति सवारी चालक अनुमति पत्र प्राप्त गर्न योग्य नहुने उल्लेख छ ।

प्रदेश सभामा पेस भई सैद्धान्तिक छलफल भएको विधेयकमा अनुमतिपत्र प्राप्त गर्न ठूला सवारीको हकमा २५ वर्ष, मझौला सवारीका लागि २२ वर्ष, साना सवारी, मोटरसाइकल, स्कुटर लगायतका दुई पांग्रेका लागि १८ वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्थासहित प्रस्ताव गरिएको खबर शनिबारको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्