चियापानमा प्रचण्डद्धारा स्वागत, बिरामी भएर प्रधानमन्त्री अनुपस्थित

CPN leader
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, १० कात्तिक । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विभिन्न चाडवाडको अवसर पारेर आयोजना गरेको चियापान कार्यक्रम शुरु भएको छ । बडादसैँ, तिहार, नेपाल सम्वत ११६९ र छठको अवसर पारेर भृकुटीमण्डपस्थित बगैँचामा चियापान कार्यक्रमको आयोजना गरेको हो ।

चियापान कार्यक्रमको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुरुवात गरेका छन् । उनले सबैलाई चाडपर्वको शुभकामना व्यक्त गर्दै चियापान सुरुवात भएको घोषणा गरेका थिए । चियापानमा नेकपाका नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति देखिएको छ ।

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णुप्रसाद पौडेल, दलका उपेनता सुवास नेम्वाङ, सचिवालय सदस्य बामदेव गौतम लगायतले स्वागत गरेका छन् । चियापानमा प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेल लगायतका अन्य मन्त्रीहरु पनि उपस्थित छन् ।

chiyapan

चियापान कार्यक्रम दिउँसो १२ बजेदेखि ५ बजेसम्म हुने नेकपाले जनाएको छ । दिउँसो १२ देखि ३ बजेसम्म पार्टीका नेता-कार्यकर्ता र आम जनसमुदायलाई र दिउँसो ३ बजेदेखि ५ राजनीतिक दलका नेताहरू, मन्त्री तथा सांसदहरू, संवैधानिक अंगका पदाधिकारीहरू, सरकारका उच्चपदस्थ पदाधिकारीहरू, सुरक्षा निकायका पदाधिकारीहरू लगायतलाई निमन्त्रणा गरिएको नेता श्रेष्ठले जानकारी दिए ।

यसैगरी, नेपालस्थित विदेशी कूटनीतिज्ञ नियोगका प्रमुख तथा प्रतिनिधिहरू, सेवानिवृत्त पदाधिकारीहरू, विभिन्न पेसा तथा समुदायका विशिष्ट व्यक्तित्वहरू लगायतलाई पनि ३ बजे पछाडि नै आमन्त्रण गरिएको बताइएको छ ।