कोहलीले लगाए लगातार तीन शतक

लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, ११ कात्तिक । भारतीय कप्तान विराट कोहलीको एक दिवसीय क्रिकेटमा अर्को शतक लगाएका छन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार तीन वटा शतक लगाउँदै किर्तिमान बनाएका छन् । उनी लगातार तीन शतक प्रहार गर्ने पहिलो भारतीय क्रिकेटर बनेका छन् ।

कोहलीको प्रदर्शनलाई सचिनले पनि धन्यवाद भनेका छन् । वेष्ट इंडिजविरुद्धको पहिलो खेलमा उनले १४० रनको पारी खेलेका थिए भने दोस्रो खेलमा नटआउट १५७ रन बनाएका थिए । उनले शनिबार भएको खेलमा १०७ रनको शतकीय पारी खेलेका थिए ।

यससँगै कोहलीले एक दिवसीय क्रिकेटमा सबैभन्दा छिटो दश हजार रन पूरा गरेका छन् । उनले २१३ खेलमा १० हजार रन पूरा गरेका हुन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्