पोखरा, ११ कात्तिक । पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत बुटवल ब्लास्टर्सले पोखरा पल्टनलाई १ सय ५१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
आइतबार पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ रोजेको बुटवल ब्लास्टर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५० रन बनायो ।
बुटवलका लागि भीम सार्कीले सर्वाधिक ५४ रनको योगदान दिए । उनले ४६ बलमा २ चौका र ३ छक्का प्रहार हिर्काए । रोहन मुस्ताफा ४५ रन बनाउँदै पेभेलियन फर्के भने सिद्धान्त लोहनीले १३ रन जोडे ।
यस खेलमा दुवै ओपनर चल्न सकेनन् । चिराग सुरी ५ रनमा आउट भए भने सागर पुनले २ रन मात्र बनाए । कप्तान सोमपाल कामीले नटआउट २२ रन बनाए ।
बलिङतर्फ पोखराका लागि नाभीदले ३ विकेट हात पारे । त्यस्तै मेहबुब आलाम, शरद भेषवाकर र ललितनारायण राजवंशीले समान एकएक विकेट लिए ।