मन्त्रीपरिषदको बैठक : राष्ट्रपतिको भ्रमण स्वीकृत, महाप्रबन्धकको जागिर चट्

cabinet
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं । आइतबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपति विद्यादेवि भण्डारीको कतार भ्रमण स्वीकृत गरेको छ ।

प्रधानमन्त्रीलाई विसन्चो भएपछि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपति भण्डारीको ४ दिने कतार भ्रमण स्वीकृत गरेको हो । राष्ट्रपति भण्डारी ४ दिने औपचारिक भ्रमणका लागि सोमवार कतार जाँदैछिन् ।

त्यसैगरी बैठकले गोरखापत्र संस्थापनका महाप्रबन्धक बसन्तप्रकाश उपाध्यायलाई पदमुक्त गर्ने निर्णय गरेको सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

उनका अनुसार बैठकले मलेसियासँग रोजगार सम्झौता गर्न श्रममन्त्री गोकर्ण विष्टलाई अख्तियारी दिने निर्णय समेत गरेको छ ।

त्यस्तै कृषि तथा पशुपंक्षी विकास सम्बन्धी, स्वास्थ्य सम्बन्धी, सुरक्षा सहयोगसम्बन्धी, प्रेस तथा सूचनासम्बन्धी र कुटनीतिक राहदानी बाहकलाई प्रवेशाज्ञा छुट दिने समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।