देवकोटा जयन्तीमा शिक्षाप्रेमी कोइराला सम्मानित

samman
लाेकपाटी न्यूज
0 Shares

काठमाडौं, ११ कार्तिक । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा लीलाध्वज थापा साहित्य प्रतिष्ठनले आयोजना गरेको देवकोटा जयन्तीको कार्यक्रमा कुलपति गंगाप्रसाद उप्रेतीले प्रा.डा. कुमारप्रसाद कोइरालालाई लीलाध्वज थापा स्रष्टा सम्मान प्रदान गरेका छन् ।

सो कार्यक्रममा प्रमुख अतिथि उप्रेतीले यस वर्षको पहिलो कार्यक्रममा नै महाकविप्रति श्रद्धासुमन व्यक्त गर्न पाएकोमा खुशी व्यक्त गरे । सामाजिक सेवा अभियान्ता शिक्षामा राम्रो योगदान पुर्याएका प्रा.डा. कुमार कोइरालालाई सम्मान प्रदान गरिएकोमा प्रतिष्ठानलाई धन्यवाद भन्दै यसबाट अझ अरू काम गर्न प्रेरणा प्रदान गर्ने बताए ।

कार्यक्रममा लीलाध्वज थापा साहित्य प्रतिष्ठानले प्रकाशन गरेको मुकुन्द न्यौपानेको ‘मनको आँखा’ हाइकु सङ्ग्रहको बिमोचन पनि भयो । उप्रेतीले यो कवि सम्मेलन मात्र नभएर कविहरू तयार गर्ने कार्यशाला नै भएको विचार व्यक्त गर्दै प्रतिष्ठानलाई धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा प्रा.डा. कुमार कोइरालाले सम्मानित भएकोमा खुशी व्यक्त गरे । ५२ जना स्रष्टाले भाग लिएको कार्यक्रममा त्रिभूवनचन्द्र वाग्ले, डा. शेषराज आचार्य, अतृप्त पाण्डे, रूद्र अधिकारी, उमा दाहाल, महेश प्रसाद रिजाल, भगवती रोका ‘भूमिका’, कुमार नेपाल, प्रकाश बस्नेत ‘गफाडी’, विनोद खत्री आकाश, मानन्धर ‘अभागी’, जनार्दन अधिकारी ‘धड्कन’, नम्रता उप्रेती, मुकुन्द न्यौपाने, गुप्तबहादुर श्रेष्ठ, वासुदेव गुरागाईं, ठाकुर शर्मा भण्डारी, नुरज भट्टराई ‘नदी’, मोतीराज बम, ओजश्वी गौतम, गंगा आचार्य, गणेशप्रसाद खतिवडा, बालिका गिरी, शान्ति शर्मा, शिवराम खडका, नारायण भण्डारी ‘जनकपुरी’, जगदिश्वर पोखरेल, कालीचरण बस्नेत, श्रीधर पौडेल, उर्मिला पन्त पाण्डे, पद्म दोङ, गंगा आचार्य, उत्तम विचार, विजयध्वज थापा, पुष्पा धमला, दुर्लभ शाह ‘त्यागी’, राजबाबु श्रेष्ठ ‘सागर’, मानन्धर अभागी, निर्मल पराजुली, शान्ति रिसाल, रामेश्वर राउत मात्रिदास, मिशन अधिकारी, भूवन सिवाकोटी, रविन्द्र आशिष शैली, कृष्ण देव रिमाल आदिले आ–आफ्नो रचना वाचन गरेका थिए ।

साहित्यकार कृष्णदेव रिमालले सञ्चालन गरेको कार्यक्रममा प्रतिष्ठानका सदस्य रामप्रसाद पन्तले स्वागत मन्तव्य दिँदै सम्मानित प्रतिभा कुमार कोइरालाको योगदानमाथि प्रकाश पारे ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले सबैले अत्यन्तै राम्रा रचना वाचन गरेको उल्लेख गर्दै सम्मान ग्रहण गरिदिएकोमा सम्मानित हुने लगायत सम्पूर्णलाई धन्यवाद दिए ।

साथै कार्यक्रममा महाकवि लक्ष्मीप्रसाद देवकोटाको योगदानमाथि चर्चा गरिएको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्