यसरी हुँदैछ स्याङजामा प्याराग्लाइडिङ विश्वकप

Paragliding-World-Cup
लाेकपाटी न्यूज
0 Shares

स्याङजा – स्याङजाको स्वरेकमा नेपालमै पहिलो पटक प्याराग्लाइडिङको वल्डकप प्रतियोगिता हुने भएको छ । नोभेम्बर १ देखि ४ तारिख नेपाली पात्रो अनुसार कार्तिक १५ देखि १८ गते सम्म स्वरेकमा हुने वल्डकपको तयारी तिव्र बनाइएको छ ।

प्रतियोगिता स्याङजा जिल्लाको ११ वटै स्थानीय तह, नेपाल प्याराग्लाइडिङ तथा ह्याण्डग्लाइडिड्ग संघ, नेपाल हवाई खेलकुद संस्था तथा बाबु एडभेन्चर क्लबले संयुक्त रुपमा आयोजना गरिएको हो ।

यस वल्डकपले नेपालको पर्यटन प्रबद्र्धनमा ठुलो सहयोग पुग्ने बाबु एडभेन्चर क्लबका सानोबाबु सुनुवारले बताए । यस प्रतियोगिता मार्फत् विदेशीहरुले नेपालमा नयाँ पर्यटकीय गन्तब्य स्वरेक भएको जानकारी पाउने भन्दै सुनुवारले प्रतियोगिता नेपालकै लागि गौरवपूर्ण भएको उल्लेख गरे ।

छोटो समयको तयारीमा वल्डकप गर्न लागिए पनि वल्डकप भब्यरुपमा सम्पन्न गर्ने सुनुवारको भनाई छ । वल्डकपमा विश्वबाट आउने पाहुनाको लागि स्वागत गर्न सिङ्गो स्याङजा तयारी अवस्थामा रहेको भीरकोट नगरपालिकाका मेयर छायाराम खनालको भनाइ छ ।

बयरघारीदेखि स्वरेक मैदानसम्म पुग्ने कच्चीबाटो ममर्तको काममा आफूहरु लागेको खनालले जानकारी दिए । स्वरेक भञ्ज्याङदेखि मैदान जानेबाटो छोटो र सजिलो भएकोले भञ्ज्याङ महापुर सडक छिटो सुधार गर्नुपर्ने स्थानीयको भनाइ छ ।

नेपालमा पहिलो पटक प्याराग्लाइडिङको एकुरेसीे वल्डकपमा भीरकोट ५ स्वरेक मैदानबाट उडान गरेर वालिङ ११ स्वरेक डौवामा ल्याण्डडिङ हुने छ । गत वर्ष स्वरेकमै अन्तरराष्ट्रिय प्याराग्लाईडिङ राष्ट्रिय टीम छनोट प्रतीयोगिता सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्