‘अहिलेकै प्रस्तावमा पार्टी एकता हुँदैन’ : झलनाथ खनाल

jhalanath_khanal
लाेकपाटी न्यूज
0 Shares

काठमाडौँ । नेकपाका बरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले गञ्जागोलमा तयार पारिएको प्रस्तावमाथि पूनर्विचार नभए पार्टी एकता हुन नसक्ने बताएका छन् । विष्णु पौडेल र बादल नेतृत्वको कार्यदलप्रति खनालले असन्तुष्टि जनाएका हुन् ।

कार्यदलले सिफारिस भएर आएकामध्ये बरिष्ठतालाई आधार मानेर प्रदेश कमिटीको एकीकरण गर्न मापदण्ड बनाएको थियो । त्यही मापदण्डका आधारमा कार्यदलमा रहेका महासचिव विष्णु पौडेल र सचिवालय सदस्य राम बहादुर थापा बादलले गृहकार्य अघि बढाएका हुन् । सचिवालयले बनाएको पछिल्लो मादण्ड अनुसार सबै प्रदेशमा १४ सय तीन प्रदेश सदस्य सिफारिस हुनेछन् । प्रदेश इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिव यसअघि नै सचिवालयले तोकिसकेको छ ।

नेकपाका बरिष्ठ नेता खनालले भने, ‘नेकपाको विधानले सबन्धित क्षेत्रका केन्द्रीय सदस्य पनि प्रदेश कमिटीका पदेन सदस्य हुने व्यवस्था गरेको छ । इन्चार्ज र पदाधिकारी तोकिइसकेका छन् । जिल्ला कमिटीको हकमा एमाले या माओवादीले नेतृत्व पाएको जिल्लामा वरिष्ठतालाई आधार मानेर पहिलेको निर्वाचित अध्यक्ष नै अध्यक्ष हुने अध्यक्ष नभए उपाध्यक्ष हुने र उपध्यक्ष पनि नभएको ठाउँमा सचिवलाई अध्यक्ष बनाउने अर्थात सिनियरलाई नेतृत्व दिने मापदण्ड बन्नु पथ्र्यो ।’

खनालले थपे, त्यो मापदण्ड नबन्दा एकीकरण कार्यदलले कमिटिभन्दा बाहिरको मान्छेलाई अध्यक्ष प्रस्ताव गर्दा गञ्जागोल तरिकाले नाम सिफारिस भएको छ । यसलाई पारित गर्न खोज्ने हो भने पार्टी एकीकरण नै हुँदैन ।’

‘त्यसैले हामीले एकीकरण कमिटिगत र वरिष्ठताका आधारमा हुनुपर्ने कुरा निरन्तर उठाइरहेका छौँ’ खनालले थपे, ‘दुई मूख्यमन्त्रीलाई इञ्चार्जको जिम्मेवारी दिनु हुँदैन भन्ने मेरो मत रहेको छ । यो गञ्जागोल प्रस्ताव संशोधन गर्नुपर्छ भन्ने मेरो मत हो । आजको नयाँ पत्रिकामा खबर छ ।